Thursday, June 12सत्यम खबर
Shadow

जानकी ३ वडा अध्यक्षमा सबैभन्दा चर्चा तुलसी राम शुक्लाको

सकिल अहमद राई
नेपालगन्ज, २० बैशाख – आउँदो बैशाख ३० गते हुन गैरहेको स्थानिय तहकोे निर्वाचन नेपाल कम्युनिष्ट पार्टी जानकी गाउँपालिकाका वडा नं. ३ वडाअध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएसंगै प्रचार प्रसारमा तिव्रता दिएकाे छन् ।

नेकपा जानकी गाउँपालिकाका वडा नं ३ मा वडाअध्यक्ष पदका उम्मेदवार शुक्लाले पछिल्लो समय जनताको ढुकढुकीमा बस्न सफल भएको हुँदा आफुले वडाअध्यक्ष पदमा उम्मेदवारि दिएकाे बताउनुभयो ।

अध्यक्ष पदमा मेरो टिम आयो भने स्वास्थ्य, शिक्षा, खेलकुद र सरसफाइ पहिलो प्रथामिकतामा पर्ने उहाँले बताउनुभयो । वडाका जनता स्वास्थ्य रहेमा मात्र वडालाई बिकास गर्न सकिन्छ । वडाको जनता नै स्वस्थ नभए वडाको बिकासले मात्र पनि केही औचित्य राख्दैन तसर्थ वडामा सरसफाई, शिक्षा र स्वास्थ्य अनिवार्य रहेको उहाँले बताउनुभयो ।

वडाबासीका लागि म सदैब वडाको बिकासमा ईमानदारी पुर्वक काम गर्ने छु शुक्लाले भन्नुभयो । म आफ्नो स्वार्थ पुर्ति गर्न कहिले पनि जनताको प्रयोग गर्ने छैन मेरो स्वार्थ भनेकै मेरो वडावसीको सुखद भबिष्य हो उहाँले बताउनुभयो ।

वडामा स्वास्थ्य, सरसफाइ, शिक्षा, खानेपानी, खेलकुद, विजुली बत्ति, मठमन्दिर पहिलो प्राथमिकता दिएर वडालाई बिकासमैत्री वडा बनाएर देखाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *