Thursday, June 12सत्यम खबर
Shadow

इदगाहामा पुगेर एमाले उम्मेदवार पशुपतिले दिए इदको शुभकामना

नेपालगन्ज, २० बैशाख – मुस्लिम समुदायहरुको महान पर्व इदमा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले शुभकामना प्रदान गरेका छन् ।
वीपीचौक स्थित इदगाहमा पुगेर समुस्लिम समुदायको महान पर्व इद आपसी भाइचारा र सदभावका साथ मनाउन बाँकेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकाना प्रदान गरेका हुन ।


सो अवसरमा मिश्रले सामाजिक सदभावको शहर नेपालगन्जमा सबै जातजाति भाषा धर्मका समुदायलाई एकआपसमा सदभावका साथ रहँदै आएको बताए । उनले सबै नेपालगन्जबासीको आपसी सदभाव, एकता र भाइचाराको सम्बन्धले नै नमूना शहरका रुपमा रहेको औल्याए ।
मिश्राले नेपालगन्जको बिकासको यात्रामा नेपालगन्जका सबै समुदाय लाग्नु पर्ने भन्दै शिक्षा, स्वास्थ्यका साथै पछाडि परेका समुदायको विकासबाट मात्र समग्र विकासको चाहना पूरा हुने उल्लेख गरे । उनले पछाडि परेका समुदायका महिला, युवा सबैलाई शिक्षित, स्वस्थ बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउदै इदुल फित्र (ईद) ले अझै बलियो र मजबुद सदभाव र भाइचाराको समबन्ध कायम होस् भन्ने शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *