
नेपालगन्ज, २० बैशाख – नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पदका उम्मेदवार समिरप्रताप सिंहलाई वडाबासीहरुले सहयोग गर्ने बताएका छन् ।

आज मंगलबार वडाबासीहरु बीच घरदैलो गर्ने क्रममा मतदाताहरुको घरमा पुगेपछि उक्त प्रतिबद्धता गरिएको छ । मतदाताहरुलाई भेट्ने क्रममा वडाअध्यक्ष पदका उम्मेदवार सिंहले आफूले वडाको विकासमा अब कुनै कसर बाँकी नराख्ने तथा आउने समयमा अरु योग्य कर्मठ व्यक्तिलाई चुनावमा सहयोग गर्ने बताएका छन् ।