
नेपालगन्ज, २१ बैशाख – बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनको मिति नजिकिएस“ग विभिन्न पार्टीका उम्मेदवारहरुले आ–आफ्नो स्थानमा घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को हकमा कुरा गर्नु पर्दा फरक किसिमले मिश्रित प्रतिकृया आउने गरेको पाईन्छ भने वडाबासीहरुले समेत अंकलन गर्न सकेका छैनन वडा नं. ६ को नेतृत्व कसले गर्ला ? भनी ।
०७४ सालको निर्वाचनमा राप्रपाबाट ४ जना सदस्य तथा नेकपा एमालेबाट वडाअध्यक्षको रुपमा समिरप्रताप सिंह निर्वाचित भएका थिए । उनले वडामा गर्नुपर्ने कार्यहरुले उनका विपक्षीहरुले उनलाई बदनाम गराउने प्रयास जारी राखेका छन् । त्यसैले गर्दा उनलाई यस पटक आफ्नो खास जोगाउन समेत धौ–धौ परिरहेको वडा नंं. ६ का मतदाताहरुको प्रतिकृयाबाट बुझ्न सकिन्छ ।

हुन त उनले काम नगरेका होइन विकाससँग सम्बन्धित कार्यहरुमा बाटो, पिसिसि बाटो निर्माण, ग्राभेल पटान, माटो पटान, विद्यालय निर्माण, स्वास्थ्य चौकी निर्माण, कोरोना कालमा स्वास्थ्य क्षेत्रमा लगानी, कोरोना कालमै राहत वितरण, सेनिटाईर, मास्क वितरण, लगायत थुपै कार्य भएका छन् । तर आकर्षण रुपमा देखिने गरी कुनै काम भएका पाइन्छ भनी वडा नं. ६ का वडाबासीहरुको भनाई रहेको छ ।
जबकी यसपटकको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट रितेश शर्मा, माओवादीबाट झुपलाल रावत, नेकपा एमालेबाट समिरप्रताप सिंह, लोसपाबाट बृजेश त्रिपाठी, राप्रपा नेपालबाट मदन शर्मा, राप्रपाबाट रबिन्द्र थापालगायतका पार्टीहरुका नाम उल्लेखित व्यक्तिहरुको नेतृत्वमा स्थानीय चुनाव लडिएको छ ।
यसबारे आम सर्वसाधारण वडाबासीहरुको भनाई बुझ्दा यस पटक वडा नै कुनै टोल एमालेमय, कुनै टोल काँग्रेसमय, कुनै टोल जसपामय, कुनै टोल माओवादीमय, कुनै टोल राप्रपामय बनेको देखिन्छ । वडाको चुनावमा पूर्व वडाअध्यक्षलाई समेत आफ्नो खास जोगाउन धौ–धौ परेको बेला वर्तमान अवस्थामा उम्मेदवारी दर्ता गराई चुनावमा खटिएका उम्मेदवारहरुको चुनावी मत परिणम मिश्रित आउन सक्ने वडाबासीहरुको बुझाई रहेको छ ।
उम्मेदवार भएको जोसुकै प्रतिनिधि म जितको नजिक छु भनी प्रतिकृया दिईरहेको पाईन्छ । आ–आफ्नो खास जोगाउन विभिन्न किसिमको चलखेलदेखि रणनीति समेत तयारी गरिएको छ । जसमा निर्वाचन कार्यालयद्वारा जारी गरिएको आचार सहित समेत तार–तार हुने आउने दिनमा निश्चित देखिन्छ भनी वडाबासीको भनाई रहेको छ ।
