शिवसेना उम्मेद्वार जिताउन सचिवालय उद्घाटन
डुडुवा, २३ भाद्र - डुडुवा गाउँपालिका वडा नम्बर २ मा नेपाल शिवसेना समर्थित स्वतन्त्र उम्मेदवारको सचिवालय उद्घाटन गरिएको छ ।
बाँके क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाल शिवसेना समर्थित स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले चुनावी अभियानको सचिवालय उद्घाटन गरिएको हो । बाँके क्षेत्र नम्बर २ (क) मा शिवसेनाको तर्फबाट राजकुमार रौनियारले उम्मेदवारी घोषणा गरेका छन् ।
सचिवालयको उद्घाटन उम्मेदवार राजकुमार रोैनियाले गरेका थिए भने नेपाल शिवसेनाका केन्द्रीय सचिव शेरबशादुर शाही, केन्द्रीय सदस्य राजेश के यादव, जिल्ला अध्यक्ष शुभम गुप्ता, जिल्ला सदस्य दिपेन्द्र जैसवाल, चिन्तामणि पोख्रेल, विनोद लोध, हेमराज बर्मा, राजकुमार लुनिया, नगर अध्यक्ष सुनिल केसी लगायतको उपस्थिति रहेको थियोे ।
उता बाँके क्षेत्र नम्बर २ (क) का स्थानीयले शिव सेनाको उम्मेदवार रौनियारलाई विजय गराउने प्रतिबद्धता समेत जाहेर गरेका छन्...









