Tuesday, October 22सत्यम खबर
Shadow

नाकाबन्दीले ५०० कन्टेनर अलपत्र

काठमाण्डौ, २३ भाद्र –चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरू अलपत्र परेका छन्। दसैँ तिहारका लागि ल्याइएका सामानहरू उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरू सङ्कटमा पुगेका हुन्।
अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने अवस्था आएमा एक पक्षले अर्को पक्षलाई कारणसहित जानकारी गराउनु पर्ने भए पनि चीनले भने नेपालसँग कुनै परामर्श नगरी एकतर्फी रूपमा सीमा नाका बन्द गरेको छ। चीनले सीमा नाका बन्द गरेको विषयमा सरकारले सामान आयात ठप्प भएपछि मात्रै जानकारी पाएको हो।

साउन २४ गते चीन प्रस्थान गरेका परराष्ट्र मन्त्री डा। नारायण खड्काले २५ साउनमा चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटका क्रममा पनि नेपाल(चीन सीमा नाकालाई पूर्णरुपमा सञ्चालन गर्ने विषयका कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। परराष्ट्र मन्त्रालयले साउन २६ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ। यसै गरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा(केरुङ तथा तातोपानी(झाग्मु नाकाबाट दुईतर्फी व्यापार सुचारु गर्ने र हिल्सा(पुलाङ नाकालाई एकतर्फी रूपमा खोल्ने सहमति भएको छ।’

चीनको वुहानमा सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोना प्रकोपले महामारीको रूप लिएको पनि तीन वर्ष हुनै लागेको छ। तर, कोरोना महामारी पूर्ण रूपमा नियन्त्रणमा आउने अनिश्चित छ। त्यस कारण कोरोना महामारी नियन्त्रणमा आएपछि मात्रै नाका खोल्ने कुरा न्यायसङ्गत नभएको व्यवसायीले बताइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *