Wednesday, November 20सत्यम खबर
Shadow

माओवादी केन्द्रले छान्यो संघ र प्रदेश तर्फका उम्मेद्वार

पाँचथर, २३ भाद्र –सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रको पाँचथर जिल्ला कमिटिले आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि जिल्लाबाट उम्मेद्वार बन्नेहरुको नाम सिफारिस गरेको छ ।
उक्त पार्टिको वुधवार सम्पन्न जिल्ला कमिटि बैठकले छनौट गरेका उम्मेद्वारको नाम सिफारिस गरेर माथिल्लाे समितिमा पठाएको हो ।
उक्त पार्टिले हर्कबहादुर नेम्वाङ (मिक्सो) लाइ प्रतिनिधि सभा सदस्य र प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ चुनाल लड्ने गरी सिफारिस गरेको छ ।


नेम्वाङ माओवादी केन्द्रका एक नम्वर प्रदेश कमिटिका अध्यक्ष हुनुुुहुन्छ । प्रतिनिधि सभामा समानुपातिक तर्फ नरबहादुर दुलालको नाम सर्वसम्मत चयन गरिएको उक्त पार्टिका जिल्ला समन्वय संयोजक होमबहादुर जवेगुले जानकारी दिनुभयो ।
प्रदेश सभा क बाट मिक्सो सहित सीता थेवे र लालबहादुर गुरुङको पनि नाम सिफारिस भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै प्रदेश सभा (ख) बाट एक नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङबो र संखधोज नेम्वाङको नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेश सभाका लागि समानुपातिकतर्फ जुनु लावती,होम बहादुर जवेगु ,विशाल रसाइली,पेम्बा सेर्पा र मेदनी खत्रीको नाम सिफारिस भएको छ ।
पाँचथरमा सत्तारुढ दलहरुबिच गठवन्धन हुने लगभग निश्चित रहेको छ । जस अनुसार प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस र पाँचथर प्रदेश सभा (ख) मा माओवादी केन्द्रले उम्मेद्वारी दिने निश्चित छ । प्रदेश सभा क मा भने कांग्रेस वा नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कस्को भागमा पर्ने टुंगो लागेको छैन ।
यसअघि कांग्रेस र एमालेले प्रतिनिधि र प्रदेश सभा तर्फ चुनाव लड्ने नेताहरुको नाम सिफारिस गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *