हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि चोट पर्ने गरी विज्ञापन नगर्न ज्ञापनपत्र
नेपालगन्ज, २६ भाद्र – हिन्दु धर्मावलम्बीहरुले हिन्दू आस्थामाथि नै चोट पु¥याउने खेल खेलिरहेको प्रति नेपालगन्जका हिन्दु धार्मिक संघसंस्थाहरुले आपत्ति जनाउँदै ज्ञापन पत्र बुझाएका छन् ।विगत वर्ष झै यस वर्ष पनि दशैं तिहारको बेला मदिराको विज्ञापनका लागि हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थामाथि चोट पुग्ने गरी विभिन्न शब्द तथा फोटो राखी विज्ञापन नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा ‘उल्लेखित सम्बन्धमा नेपाल एउटा बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक हिन्दु राष्ट्र हो । यस तथ्यलाई नेपालको संविधानले पनि प्रत्याभुत गरेको छ । नेपाल हिन्दु समाज नेपालमा जाँड, रक्सी सेवन तथा पेय पदार्थ कम्पनीहरुलाई कम्पनीको विज्ञापन गर्दा हाम्रो हिन्दु समाजलाई नकारात्मक असर परेको र ठेस पुगेको हुँदा हामीले यस पत्र मार्फत उहाँहरुलाई कुनै पनि प्रकारको विज्ञापन गर्दा हिन्दु समाजल...









