Thursday, January 15सत्यम खबर
Shadow

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ, ५० हजार लाई अन्यत्र सारियो

काठमाण्डौ, २३ भाद्र –चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा तिन दिन अघि गएको ६.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
भवनमा क्षति पुगेपछि ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको हो । भूकम्पका कारण करिब २४० घर भत्किएको रोयटर्सले जनाएको छ । यो सिचुआन प्रान्तमा सन् २०१७ यताकै शक्तिशाली भूकम्प भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *