Monday, July 6सत्यम खबर
Shadow

आस्था

पुर्व अध्यक्ष सुवेदीलाई पितृशाेक

पुर्व अध्यक्ष सुवेदीलाई पितृशाेक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ अषाढ - नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्व सभापति  रुद्र सुबेदीलाई पितृ शोक परेको छ ।शिक्षण पेशामा आवद्ध हुनुभएका डम्मर सुबेदीको आज शुक्रबार शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको सुबेदीको पारीवारीक श्रोतले जनाएको छ । नेकपा एमाले तत्कालीन अञ्चल कमिटीको कार्यालय सचिव भएर कार्यरात सुबेदी हाल लुम्बिनी प्रदेश कमिटी सदस्यमा रहेर पार्टिमा समेत क्रियाशिल हुनुहुन्थ्यो । प्रेस चाैतारीद्वारा जारी शाेक विज्ञप्तीमा डम्मबर सुबेदीको पार्थिब शरिरलाई भोलि शनिबार ३० गते बिहान ७:३० बजे मुक्तिपुरबाट बाँकेको अगैयाघाटमा अन्तिम संस्कारका लागि प्रस्थान गर्ने जनाईएकाे छ । अगैयाघाट लैजानु अघि स्वर्गिय सुबेदीको पार्थिब शरीरलाई नेकपा एमाले बाँकेको पार्टि कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने छ भने ८ बजे त्यहाँबाट घाट लैजाने ब्यबस्था मिलाईएको पारीवारिक स्राेतले जनाएको छ । उहाँको धर्मपत्न...
अध्यक्ष बर्माकाे पहलमा ६० भन्दा बढी बाेरिङ्ग जडान

अध्यक्ष बर्माकाे पहलमा ६० भन्दा बढी बाेरिङ्ग जडान

अवधी, आर्थिक, आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ अषाढ - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपककुमार बर्माद्वारा किसानहरूकाे लागि पानीकाे उचित व्यवस्थापन गर्ने गरिएकाे प्रतिबद्वता पूरा गरिएकाे छ ।उपमहानगर भित्र अन्य वडाभन्दा पहिले नै पारित बजेट खर्च गरि अन्य केन्द्र तथा संघद्वारा पहल गरि ल्याईएकाे बजेट समेत वडा नं. १८ का वडाबासीहरूकाे चाैतर्फी विकासका लागि खर्च गरि धमाधम विभिन्न याेजनाहरूसहित आज किसानहरूकाे लागि सिंचाईकाे व्यवस्थापन गर्ने प्रतिबद्वता समेत पूरा गरेका छन् ।आफ्नाे सार्वजनिक सञ्जाललाई प्रयाेग गर्दै जनप्रिय वडाध्यक्ष बर्माले "नेपालगन्ज उप-महानगरपालिका वडा नं. १८ चालू आर्थिक बर्ष ०७९ /०८० मा कृषि सिंचाइका लागि ६० भन्दा बढी बोरिङ्ग जडान कार्य सम्पन्न गरेका छौं । यस कार्यमा बजेट उपलब्ध गराउने संघिय सरकारका मेरा शुभचिन्तक सरहरु, खटिने प्राविधिक सर, बोरिङ्ग जडानका गर्ने टीम, कृषक दाजुहरु लगायत सहयोग गर्...
डेंगुबाट एकै दिन बङ्गलादेशमा सात जनाको मृत्यु

डेंगुबाट एकै दिन बङ्गलादेशमा सात जनाको मृत्यु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ अषाढ – बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।...
चीनमा बढ्दै छ अपराध

चीनमा बढ्दै छ अपराध

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
मनोज घिमिरेकाठमाण्डौ, २७ अषाढ – चीनको दक्षिण पूर्वी गुवाङ डोङ प्रान्तको एक किन्डर गार्डेनमा छुरा प्रहार हुँदा तीन बच्चासहित ६ जनाको ज्यान गएको छ। लीन जीयाङका उ नाम भएका एक २५ वर्षीय युवालाई प्रहरीले गिरफ्तार गरेको छ। त्यस घटनामा गिरफ्तार हुने अन्यमा दुई अभिभावक र एक शिक्षक छन्। प्रहरीले घटना आकस्मिक नभई नियतवश नै भएको जनाएको छ। सोमबार प्रहरीले अभिभावकले आफ्ना बच्चालाई समर क्लासका लागि छाड्ने बित्तिकै सो घटना भएको थियो।घटनास्थललाई प्रहरीले निगरानीमा राखेको छ। लीन जीयाङमा १ दशमलव ८७ मिलियन जनसङ्ख्या छ। सो आक्रमणको भिडियो सामाजिक सञ्जालमा छरिएका छन्। यसमा सबैले दुःख व्यक्त गर्न थालेका छन्। चीनमा आर्थिक उपलब्धि भएसँगै मानिसमा नैराश्य मात्र होइन नकारात्मक भावनाको पनि विकास हुँदै आएको छ।सन् २०१० यता भने चीनमा धेरै कुरा फरक भइसकेको छ। चक्कु प्रहारबाट मात्र १७ जना बच्चाको ज्यान गइसकेको छ। बच्चालाई...
अनुसन्धान टोली समक्ष इमरान खान, भन्छन, ‘मलाइ राजनीतिवाट हटाउन खाेजिदैँछ’

अनुसन्धान टोली समक्ष इमरान खान, भन्छन, ‘मलाइ राजनीतिवाट हटाउन खाेजिदैँछ’

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ अषाढ – पाकिस्तानका पूर्व मुख्यमन्त्री इमरान खानकाे समस्या अझै कम हुन सकेको छैन । हिजाे इमरान खान १२ आपराधिक मुद्दामा आफ्नो बयान रेकर्ड गर्न दुई अनुसन्धान टोलीसामु हाजिर भएका थिए । खान विरुद्ध पाकिस्तान दण्ड संहिता र आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनी साेही मुद्दामा जवाफ दिन अनुसन्धान टाेली सामु हाजिर भएका हुन । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरान खानले सोमबार वरिष्ठ प्रहरी उपरीक्षक यासिर अफ्रिदी र प्रहरी उपरीक्षक रुखसार मेहदीको नेतृत्वमा रहेको दुई अनुसन्धान टोलीसामु आफ्नो बयान रेकर्ड गराएका छन् । यस क्रममा उनलाई २५ वटा प्रश्न सोधिएको थियो । यसमा खानले पाकिस्तान र राष्ट्रिय संस्थाहरूप्रति मेरो कुनै घृणा छैन भनेका छन । 'म पाकिस्तानी जनता, पाकिस्तानी सेना, पाकिस्तानी शहीद, गाजी र शहीदहरूको स्मारकलाई हृदयदेखि सम्मान गर्दछु,' उनले बयानमा भनेका छन् । गत ...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली, प्रधानमन्त्री प्रचण्डप्रति समवेदना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली, प्रधानमन्त्री प्रचण्डप्रति समवेदना

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ अषाढ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।उनले बुधबार ट्विट गर्दै सीताको निधनको खबरले मर्माहत भएको बताएका छन्।उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गरेका छन्।‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति,’ उनले लेखेका छन्।उनले यही ट्विट अंग्रेजीमा समेत गरेका छन्।सीता दाहालको बुधबार बिहान ८: ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो।...
काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन, ‘नडराउनुहोस’

काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन, ‘नडराउनुहोस’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ अषाढ –काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन । अदालतले आफुलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ टविट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन । काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए, ‘आज एउटा विशेस दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।’ त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिदैँ लेखे, ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं ।’...
प्रेम विवाह गरेकी हुँ, बेचिएकी हाेईन: रेश्मा

प्रेम विवाह गरेकी हुँ, बेचिएकी हाेईन: रेश्मा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ अषाढ - बाँके डुडुवा गाउँपालिका वडा नं.–१ पिप्रहवाका नारायण कुर्मी र सिपुरी कुर्मीको छोरी बेचिएको कुरा सत्य नभएको छोरी रिना बर्मा (रेश्मा) ले प्रष्ट पार्नुभएको छ । रेश्माले आफु राजीखुसीका साथ भारतीय नागरिक कुन्दन बर्मासँग प्रेम बिवाह गरेको बताउँदै आफु बेचिएको आरोप झुठो रहेको प्रष्ट पार्नुभएको हो ।बुवा नारायण कुर्मी र आमा सिपुरी कुर्मीले पैसाको लालचमा यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ स्थित गंगापुरमा बस्ने मानसिक सन्तुलन गुमाएका कन्धई बर्मासँग विवाह गराई दिएको रेश्माले जानकारी गराईन । रेश्माका अनुसार घरपरिवारमा राम्रो व्यवहार नहुने र दिनहुँ श्रीमान् कन्धईले कुट्ने भएपछि आफु माइतीघर डुडुवामा बस्दै आएको बताउनुभयो । गाउँमा भिनाजु नाता पर्ने रामकुमार बर्माले अर्को ठाउँबाट ठुलो रकम ल्याएर आफुलाई त्यहाँ बिवाह गरेर पठाईदिने खबर थाहा पाएपछि प्रेम सम्बन्धमा रहेको कुन्दनलाई बोलाए...
उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरसभाको १३औं अधिवेशनको दोस्रो वैठकबाट आज (शनिवार) बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएका हुन् । असार ९ गते बसेको नगरसभाको १३औं अधिवेशनको पहिलो वैठकमा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नु भएको थियो ।उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८÷०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नु भएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्...
विशाल चोकमा ५० जनाले रक्तदान गरे

विशाल चोकमा ५० जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १८ विशाल चोक स्थित विशाल चोक टोल सुधार समितिको आयोजनामा गरिएको रक्तदान कार्यक्रम आज शनिवार ५० जनाले रक्तदान गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १८ का वडाध्यक्ष दीपककुमार वर्माले रगत संकलन गर्ने पाकेट प्राविधिक हस्तान्तरण गरी उद्घाटन गुर्नभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झना, नेपाल स्वयंसेवी रक्तदाता समाजका सल्लाहकार पूर्णलाल चुके, विशाल चोक टोल सुधार समितिका अध्यक्ष बबि विष्टले संयुक्त रुपमा पाकेट हस्तान्तरण प्राविधिक सोम प्रकाश सापकोटा र होमराज गिरीलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विशाल चोक टोल सुधार समितिका सचिव परमेश्वर डिसीले गर्नु भएको थियो । उक्त कार्यक्रमको व्यवस्थापन विनय भण्डारी र बिक्की आउजीले गर्नु भएको थियो ।नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके...