नेपालगन्ज, २७ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपककुमार बर्माद्वारा किसानहरूकाे लागि पानीकाे उचित व्यवस्थापन गर्ने गरिएकाे प्रतिबद्वता पूरा गरिएकाे छ ।
उपमहानगर भित्र अन्य वडाभन्दा पहिले नै पारित बजेट खर्च गरि अन्य केन्द्र तथा संघद्वारा पहल गरि ल्याईएकाे बजेट समेत वडा नं. १८ का वडाबासीहरूकाे चाैतर्फी विकासका लागि खर्च गरि धमाधम विभिन्न याेजनाहरूसहित आज किसानहरूकाे लागि सिंचाईकाे व्यवस्थापन गर्ने प्रतिबद्वता समेत पूरा गरेका छन् ।
आफ्नाे सार्वजनिक सञ्जाललाई प्रयाेग गर्दै जनप्रिय वडाध्यक्ष बर्माले “नेपालगन्ज उप-महानगरपालिका वडा नं. १८ चालू आर्थिक बर्ष ०७९ /०८० मा कृषि सिंचाइका लागि ६० भन्दा बढी बोरिङ्ग जडान कार्य सम्पन्न गरेका छौं । यस कार्यमा बजेट उपलब्ध गराउने संघिय सरकारका मेरा शुभचिन्तक सरहरु, खटिने प्राविधिक सर, बोरिङ्ग जडानका गर्ने टीम, कृषक दाजुहरु लगायत सहयोग गर्ने सम्पुर्ण मेरा सहयोगी ज्युहरुमा हार्दिक अभार सहित कृतज्ञता प्रकट गर्द्छु !” भनी उल्लेख गरेका छन् ।
प्राप्त थप जानकारी अनुसार संघीय सरकारबाट ६० भन्दा बढी बाेरिङ्ग जडान गर्दा ३२ लाख ५० हजार लागत लागेकाे जनाईएकाे छ । जुन बजेट काठमाण्डाै बाटै पहल गरि ल्याईएकाे यश अगावै वडाध्यक्ष बर्माले जनाई सकेका छन् ।