
नेपालगन्ज, २२ अषाढ – बाँके डुडुवा गाउँपालिका वडा नं.–१ पिप्रहवाका नारायण कुर्मी र सिपुरी कुर्मीको छोरी बेचिएको कुरा सत्य नभएको छोरी रिना बर्मा (रेश्मा) ले प्रष्ट पार्नुभएको छ । रेश्माले आफु राजीखुसीका साथ भारतीय नागरिक कुन्दन बर्मासँग प्रेम बिवाह गरेको बताउँदै आफु बेचिएको आरोप झुठो रहेको प्रष्ट पार्नुभएको हो ।
बुवा नारायण कुर्मी र आमा सिपुरी कुर्मीले पैसाको लालचमा यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ स्थित गंगापुरमा बस्ने मानसिक सन्तुलन गुमाएका कन्धई बर्मासँग विवाह गराई दिएको रेश्माले जानकारी गराईन । रेश्माका अनुसार घरपरिवारमा राम्रो व्यवहार नहुने र दिनहुँ श्रीमान् कन्धईले कुट्ने भएपछि आफु माइतीघर डुडुवामा बस्दै आएको बताउनुभयो । गाउँमा भिनाजु नाता पर्ने रामकुमार बर्माले अर्को ठाउँबाट ठुलो रकम ल्याएर आफुलाई त्यहाँ बिवाह गरेर पठाईदिने खबर थाहा पाएपछि प्रेम सम्बन्धमा रहेको कुन्दनलाई बोलाएर भागि प्रेम बिवाह गरेको उहाँले बताउनुहुन्छ ।
उहाँले कसैको दबावमा नभई आफ्नो मर्जीले बिवाह गरेको जानकारी गराउँदै पुर्व सांसद विजयकुमार यादवले कुनैपनि संग्लनता नरहेको जानकारी दिनुभयो । भारतको मिर्जापुर चाल्वहा मौजा, अचकवामा बस्ने २५ बर्षिय कुन्दन बर्माले रेश्मालाई खरिद, अपहरण नभई बिवाह गरेर ल्याएको बताउनुभएको छ । उहाँले आफु केही महिना अघिबाट प्रेम सम्बन्धमा रहेको जानकारी गराउँदै रेश्माले घरबाट बेचिदैँछु भन्ने खबर कुन्दनलाई पु¥याएपछि भगाएर भारत ल्याएर कानुनी बिवाह गरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ “मेलै रेश्मालाई कानुनी रुपमा बिवाह गर्दा समेत रेश्माको घरपरिवार र रामकुमार बर्मा (ढुडें)ले ८ लाख रुपैंयाको माग राखेको उहाँले जानकारी गराउनुभयो । गाउँका अग्रजबाट सल्लाह सुझाबले १ लाख रुपैया रेश्माको बुवा आमा गरिब भएकोले दिने कुरा भएपछि आफुपनि राजी भएको उहाँले बताउनुभयो । मैले रेश्मालाई जबरजस्ती अपहरण गरेर ल्याएको पनि होईन उनी आफ्नो खुसीका साथ म संग आएकी हुन् । उनलाई बुवा आमाको साथमा जान चाहान्छिन भने म रोक्दिन तर मैले अपहरण गरेको होईन । कानुनी रुपमा अदालतमा गएर बिवाह गरेको छु ।”
उहाँले बिवाहको कानुनी कागजात देखाउँदै बताउनुभयो ।पुर्व सांसद विजयकुमार यादवले सत्य तथ्य तरिकाले संचारकर्मीहरुले समाचार संप्रेसरण नगरेकोको बताउँदै आफुलाई बदनाम गराउन रेश्मालाई १ लाखमा बिक्रि गरिएको आरोप लगाईएको उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ “म पुर्व संसद र मन्त्री भईसकेको व्यक्ति हुँ । गाउँमा केहि बिवाद हुने बित्तिकै प्रहरी चौकी जानुपुर्व स्थानीय मेरो घरमा आउनुहुन्छ । रेश्माका बाबा नारायण र आमा सिपुरी छोरी हराएको भन्दै आफुसँग सहयोगका लागि आएपछि विवादलाई समाधान गर्ने अग्रजमान्छे सहित बसेर केही निस्कर्ष निकालेर विवादलाई समाधान गराए । पैसाको माग रेश्मा कै माइतीपक्षबाट अझँ ढुडें बाटै आएको थियो, उहाँले भन्नुभयो ।” धेरै विवादपछि माईती र पुर्व श्रीमानको परिवारलाई ५०/५० हजार पैसा लिएर मिलापत्र गर्न राजी भए तर भोली पल्ट कस्ले के सुनाईदियो मलाई थाहा भएन उहाँले भन्नुभयो । दुर्व पक्षबाट पैसाको कुरा नमिल्दा विवाद झन अझँ चर्किन पुगेको उहाँ बताउनुहन्छ ।
रेश्माको नाममा राजनीति चलखेल गरेर आफुलाई बदनाम गर्न खोजिएको पुर्वमन्त्रीकाे दाबी छ । समाचार प्रकाशन गर्नलाई दुबै पक्षसँग कुराकानी गरेर सत्य तथ्यको आधारमा गरिने हो तर आफुलाई केही जानकारी नगराएर सिधै चरित्र हत्या हुने गरि समाचार प्रकाशन गरिएको उहाँले दुखेसो सुनाउनुभयो ।
