
नेपालगन्ज, २२ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १८ विशाल चोक स्थित विशाल चोक टोल सुधार समितिको आयोजनामा गरिएको रक्तदान कार्यक्रम आज शनिवार ५० जनाले रक्तदान गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १८ का वडाध्यक्ष दीपककुमार वर्माले रगत संकलन गर्ने पाकेट प्राविधिक हस्तान्तरण गरी उद्घाटन गुर्नभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झना, नेपाल स्वयंसेवी रक्तदाता समाजका सल्लाहकार पूर्णलाल चुके, विशाल चोक टोल सुधार समितिका अध्यक्ष बबि विष्टले संयुक्त रुपमा पाकेट हस्तान्तरण प्राविधिक सोम प्रकाश सापकोटा र होमराज गिरीलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विशाल चोक टोल सुधार समितिका सचिव परमेश्वर डिसीले गर्नु भएको थियो । उक्त कार्यक्रमको व्यवस्थापन विनय भण्डारी र बिक्की आउजीले गर्नु भएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको समन्वय, मिडिया पार्टनरमा जनमत अद्र्ध साप्ताहिक र दैनिक नेपालगन्ज रहेको थियो भने डिके फुड एण्ड मीट प्रोडक्ट्स नेपालगन्ज, ओम एड्भरटाईजिङ्ग, ओम सप्लायर्स, एसटी भण्डारी बिल्डिर्स, नेपालगन्ज मोडेल एकेडेमी, जेनिश सप्लायर्स नेपालगन्जले सहकार्य गरेका थिए ।
कार्यक्रममा रक्तदान गर्नेहरुमा यादवकुमार न्यौपाने, विनय भण्डारी, शिशिर बोहरा, सुभाष कटुवाल, राम ढकाल, करण विष्ट, तिलक बुढा, नमिता शाही, प्रकाश शाह, सुरेन्द्र सिंह ठकुरी, सिएससी क्षेत्री, नविन शाही, रोहित क्षेत्री, विवेक ओली, अनिलकुमार श्रेष्ठ, सेवक शाही, सुमित सिंह, अमित परियार, राजुकुमार रजौरे, इन्द्रबहादुर चौधरी, आनन्द बम, निराजन खत्री, अकेन्द्र कुँवर, टिकाराम रानामगर, हिना, समिक्षा शाह, पवित्रा राना, निशा गुरुङ्ग, नरेन्द्र शाह, आनिक सुवेदी, मिलन रानामगर, इन्द्र क्षेत्री, राहुलकुमार बिक, किशन पुनमगर, मदन हमाल, बन्दना लामा तामाङ्ग, कमल खत्री, विशाल शाही, सागर गिरी, रोहित खडका, विराट भण्डारी, संगीत श्रेष्ठ, बिक्की आउजी, अभय चन्द, सीता श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भीमबहादुर थापा, कमल बम लगायत ५० जनाले रक्तदान गरेका छन् ।
प्राविधिकमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल थापामगर, स्वीट यादव, केशर सिंह डाँगी लगायत प्राविधिक सहयोग गरेका थिए ।
उक्त रक्तदान कार्याक्रममा ५० जनाले रक्तदान गर्नु भयो रक्तदान गर्ने क्रममा स्थानीय युवाहरु, द रोयल फिटनेसका सदस्यहरु, एकता युवा क्लबका सदस्यहरु, सञ्चारकर्मी ओवीराज आचार्य र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवालको पनि उपस्थित रहेको थियो ।
विशाल चोक टोल सुधार समितिका अध्यक्ष बबि विष्टले अबदेखि समितिद्वारा वर्षमा दुई पटक गर्ने योजना रहेको बताउनु भयो ।
