Thursday, January 15सत्यम खबर
Shadow

पुर्व अध्यक्ष सुवेदीलाई पितृशाेक

नेपालगन्ज, २९ अषाढ – नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्व सभापति  रुद्र सुबेदीलाई पितृ शोक परेको छ ।
शिक्षण पेशामा आवद्ध हुनुभएका डम्मर सुबेदीको आज शुक्रबार शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको सुबेदीको पारीवारीक श्रोतले जनाएको छ ।

नेकपा एमाले तत्कालीन अञ्चल कमिटीको कार्यालय सचिव भएर कार्यरात सुबेदी हाल लुम्बिनी प्रदेश कमिटी सदस्यमा रहेर पार्टिमा समेत क्रियाशिल हुनुहुन्थ्यो ।

प्रेस चाैतारीद्वारा जारी शाेक विज्ञप्तीमा डम्मबर सुबेदीको पार्थिब शरिरलाई भोलि शनिबार ३० गते बिहान ७:३० बजे मुक्तिपुरबाट बाँकेको अगैयाघाटमा अन्तिम संस्कारका लागि प्रस्थान गर्ने जनाईएकाे छ । अगैयाघाट लैजानु अघि स्वर्गिय सुबेदीको पार्थिब शरीरलाई नेकपा एमाले बाँकेको पार्टि कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने छ भने ८ बजे त्यहाँबाट घाट लैजाने ब्यबस्था मिलाईएको पारीवारिक स्राेतले जनाएको छ ।

उहाँको धर्मपत्निको यस अघि नै निधन भई सकेको छ भने सुबेदीका ३ छोरा रुद्र सुबेदी, माधव सुबेदी र गुरु सुबेदी र एक छोरी सिता सुबेदी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *