Monday, July 6सत्यम खबर
Shadow

आस्था

अदालत र जनताद्वारा जारी आदेश समेत अवहेलना गर्दै उपमहानगरपालिका र वडाध्यक्ष

अदालत र जनताद्वारा जारी आदेश समेत अवहेलना गर्दै उपमहानगरपालिका र वडाध्यक्ष

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित रहेको फुल्टेक्रा ताल संरक्षण गर्न उच्च अदालत तुलसीपुर, नेपालगंज ईजलासका माननीय न्यायाधीशद्वय धु्रबराज नन्द र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त आदेश २०७७ असार २३ गते बुधबारका दिन जारी भएको आज ३ वर्ष बढी भईसक्दा समेत उक्त फुल्टेक्रा तालको संरक्षण सम्बद्र्ध हुन सकेको छैन ।जारी आदेश अनुसार २ नं. मा कि.नं. ५१५ को जग्गा संरक्षण गर्ने पवित्र उद्देश्यले समुच्चा जग्गालाई भित्र पार्ने गरी पर्खाल लगाउने बाहेक जग्गाको खण्डिकरण हुने गरी भौतिक संरचना र स्वरुप परिवर्तिन नगरी कुनै पनि प्रकारको निर्माणको कार्य नगर्नु नगराउनु ।३. उक्त कि.नं. ५१५ को जग्गामा अन्य व्यक्तिहरुले हस्तक्षेप, अतिक्रमण र भोगचलन गरेको देखिंदा सो अतिक्रमण हटाई पुरै जग्गाको संरक्षण गर्नु ।४. कि.नं. ५१५ र कि.नं. २२९ को जग्गा संरक्षण गर्ने प्रयोजनको लागि पर्खाल लगाउने सम्मको आय...
भारतको सहयोगमा निर्माण गरिएको विद्यालय हस्तान्तरण

भारतको सहयोगमा निर्माण गरिएको विद्यालय हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ अषाढ – भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । भारतीय राजदूतावास विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरुपमा उदघाटन गरेका हुन् । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखको लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदिश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसका भवन निर्माण गरिएको हो । भवन हस्तान्तरणको अवसरमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्य...
भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ अषाढ – भारतीय सहयोगमा निमार्ण भएको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन गरिएको छ । बुधबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उक्त धर्मशालाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु श्री गगन कुमार थापा र श्री प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख श्री डा शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो । उक्त धर्मशाला भारत सरकारको करिब नेरु ५ करोड अनुदान सहयोगमा उक्त धर्मशालाको निर्माण भएको हो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको भारतीय दूतावासले जनाएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण...
वडाका जनप्रतिनिधि र वडासचिवबाटै वडाबासीहरुलाई सास्ती !

वडाका जनप्रतिनिधि र वडासचिवबाटै वडाबासीहरुलाई सास्ती !

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० अषाढ – वडाका जनप्रतिनिधि र वडासचिवबाटै वडाबासीहरुलाई सास्ती दिईरहेको वडाबासीहरुको भनाई रहेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले केही समय अगाडी सम्पन्न वडा भेलामा वडाबासी माझ पानीको समस्या समाधान गर्ने तथा फुल्टेक्रा तालको पानीलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।तर २ हप्ता भईसक्दा समेत फुल्टेक्रा तलाउमा रहेको पानी कसरी रोक्न सकिन्छ भन्ने तर्फ कुनै पहल गरिएको छैन । हाल फुल्टेक्रामा पानी पर्नुभन्दा अगावै ७० प्रतिशत धारा सुखेको हुँदा बजारमा तयार गरिएको जारको पानी खान बाध्य भएका थिए । तर अब केही दिन देखि वर्षायाम शुरु भएपछि कही कही धारामा पानी आउन शुरु गरेको वडाबासीहरुको भनाई छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का जनप्रतिनिधिहरुले चुनाव अगावै आफूहरुले वडा नं. ६ को मुहार नै परिवर्तन गर्ने भनी प्रतिबद्धता पत्र...
१ र १८ वडा बाहेक उपमहानगर भित्रका सम्पूर्ण वडाको असारे विकास कार्य जारी

१ र १८ वडा बाहेक उपमहानगर भित्रका सम्पूर्ण वडाको असारे विकास कार्य जारी

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ बाहेक हाल २१ वटै वडाहरुमा विकास प्रेमी जनप्रतिनिधिहरुले असारे विकास कार्य जारी राखेका छन् भन्ने भनाई उपमहानगरबासीहरुको रहेको पाईन्छ ।उपमहानगरपालिका भित्र रहेका २३ वटै वडाहरु मध्ये २ वटा वडालाई छोडेर कुनै पनि वडाले ६० प्रतिशतभन्दा माथि चालू पूँजीबाट बजेट खर्च गर्न सकेका छैन । तर यही असारे विकासको बेलामा बचेको ६० प्रतिशत कार्य सम्पन्न गरी बिनियोजित बजेटको १०० प्रतिशत प्रगति विवरण पेश गर्ने छन् भन्ने अनुमान उपमहानगरबासीहरुले आफै लगाउन सक्छन् ।वडा नं. १८ का जनप्रतिनिधिहरुको भनाई अनुसार हामीले बजेट बिनियोजित भएदेखि नै कार्य सञ्चालन गरिसकेको हुँदा हाल कुनै विकास निर्माण लगायतको कार्य बाँकी नरहेको तथा थप २०८०/२०८१ को बिनियोजित बजेट कहाँ कसरी खर्च गर्ने तयारीमा लागिरहेको बताउँछन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा सचिव बृज भुषण ...
म विकास गर्छु, तपाईहरु संगठन बनाउनुहोसः सहमहामन्त्री राठौर

म विकास गर्छु, तपाईहरु संगठन बनाउनुहोसः सहमहामन्त्री राठौर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १९ अषाढ – नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बाँके क्षेत्र नम्बर ३ को विकासको निम्ति आफुले इमानदारिताका साथ काम गरिरहेको बताएका छन् ।आर्थिक रुपमा देश संकटसँग जुधिरहेको बेला संघीय र प्रदेश सरकारबाट बाँके क्षेत्र नम्बर ३ मा थुप्रै विकास निर्माण र योजनाको निम्ति अहिले आर्थिक वर्षमा बजेट बजेट बिनियोजना गरिएको उनले बताए ।बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सासद राठौंरले सोमबार खजुरा गाउँपालिका स्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय समस्याहरुको बारेमा छलफल गरेका थिए ।क्षेत्र नम्बर ३ मा स–साना समस्या देखि लिएर ठुला योजनाहरुमा आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै सहमहामन्त्री राठौरले कांग्रेसका नेता तथा कार्यकर्तालाई जनताको घर – घरमा गएर समस्या बुझन निर्देशन दिए ।पार्टीलाई बलियो बनाउनको लागि कांग्रेसका नेता तथा कार्यकर्ताले नकारात्मक ...
हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिवल’

हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिवल’

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रर्दशन हुने भएको छ । प्रतियोगितामा विजेता भिडियोहरु पहिलोपटक मुलुक बाहिर प्रर्दशन गर्न लागिएको हो । ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ नाम दिइएको यो कार्यक्रम हङकङपछि संसारका विभिन्न मुलुकहरु आयोजना गरिने आयोजक वि विल राइज फाउण्डेसनले जनाएको छ ।हङकङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तुलसी कुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरु प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताबाट आएका वृत्तचित्रलाई विश्वमाँझ पु¥याउने यो अर्को प्रयास भएको बताए । यस फिल्म फेस्टिवलले नेपालको कुना कन्दरामा रहेका पर्यटकीय महत्वका नविन थलोहरु एवं कला संस्कृतिलाई विश्वभर उजागार गर्न सघाउने उनको भनाई थियो ।विदेशमा बस्ने नेपालीहरुले पनि नेपालको कला संस्कृतिको जर्गेना र पर्यटन प्रवद्र्धनका लागि महत्...
कोरी कल्याण समाजको साधारणसभा सम्पन्न

कोरी कल्याण समाजको साधारणसभा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ अषाढ – कोरी कल्याण समाज बाँकेले प्रथम वार्षिक साधारणसभा आज शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ । कोरी कल्याण समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष रामशंकर माधवदासको अध्यक्षतमा भारत उत्तर प्रदेश लखनऊका कोरी कल्याण समाजका अध्यक्ष बृजेशकुमार कौलिकको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।कोरी कल्याण समाज जिल्ला कार्य समिति बाँकेका उपाध्यक्ष जंगलीप्रसाद कोरी (जे.पी.) द्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि बृजेशकुमार कौलिक, बिशिष्ठ अतिथि लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले प्रथम वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त साधारण सभामा समाजका सचिव मिश्रीलाल कोरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामबेलास कोरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।यसै गरी सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि र समाजका अध्यक्षले २० जना स...
कपास बिकास बरिष्ठ अधिकृतको बिदाई

कपास बिकास बरिष्ठ अधिकृतको बिदाई

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १७ अषाढ – कपास बिकास समिति खजुराका बरिष्ठ अधिकृत बिजयकुमार जोशीको बिदाई भएको छ । चार दसक आफ्नो सेवा पूरा गरि आज बिदाई हुनु भएको छ ।बिदाई समारोहको अध्यक्षता कपास बिकास समितिका अध्यक्ष हेमन्तराज काफ्लेले गरेका थिए । बिदाई समारोहमा कपास बिकास अधिकृत जोशीले आफ्नो ४० बर्षको समय कपासलाई दिएको र थुप्रै उतार चढाव कपासमा भोग्न पुगेको अनुभव बताएका थिए ।सम्पुर्ण कर्मचारीको तर्फबाट नरेश मिश्राले आँखा भरी आँसु राक्दै नरमाईलो लागेको र कपासलाई कपास बनाउनमा जोशी सरको ठूलो हात भएको उनले बताए ।कार्यकारी प्रमुख बुद्ध घर्तीले आफुले बिजय जोशीबाट निकै सहयोग भएको र उहाँ एक स्वाभिमानी र लगनशील ब्याक्तित्व भएको र भाबी जीवन सुखमय होस भनेका थिए ।अध्यक्ष काफ्लेले कपास बिकास समितिले एउटा पिल्लर गुमाएको छ, उहाँलाई कपास बिकास समितिले सधैं सम्झिनेछ, उहाँको बिज्ञतालाई हामी अर्को बहानामा भए पनि बिज्ञ सदस्यको रुपमा र...
चीनमा बच्चा जन्माउने कर्मचारीलाई थप तलबको घोषणा 

चीनमा बच्चा जन्माउने कर्मचारीलाई थप तलबको घोषणा 

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ अषाढ – चिनियाँ एक कम्पनीले बच्चा जन्माउन प्रेरित गर्दै बच्चा जन्माउने कर्मचारीलाई थप तलब दिने भएको छ ।चीनको ट्रिप डटकमले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाका लागि ५० हजार युआन अर्थात ६ हजार ८९७ अमेरिकन डलर दिने घोषणा गरेको हो ।जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूलो निजी कम्पनीले गरेको यो पहिलो पहल हो ।कम्पनीका ४० करोड प्रयोगकर्ताहरू रहेका छन्। उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।...