जानकी २ मा साइकल वितरण कार्यक्रम सम्पन्न
सकिल अहमद राईजानकी, ८ पाैष – बाँकेको जानकी गाउँपालिका वडा नं. २ को आयोजनामा आज शुक्रबार २० जना छात्राहरूलाई साईकल वितरण गरिएकाे छ ।
जानकी गाउँपालिका वडा नं. २ का २० जना छात्राहरूलाई जानकी गाउँपालिका वडा नं. २ बेलभारमा एक भब्य कार्यक्रमकाे आयाेजना गरि प्रमुख अतिथी गाउँपालिका वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताकाे हातबाट आज शुक्रबार हस्तान्तरण गरिएकाे छ ।
छात्राहरूलाई साईकल हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीकाे आशनबाट बाेल्दै वडा अध्यक्ष गुप्ताले भन्नुभयाे- वडाबाट गरिएकाे याे सानाे सहयाेगले छात्राहरूलाई पढाइ गर्न थप उर्जा प्रदान गर्नुका साथै घरदेखि विधालयसम्म पुग्न लाग्ने समयकाे समेत सदुपयाेग हुने विश्वास व्यक्त गर्नुभयाे ।
यसैगरी कार्यक्रमकाे उद्देश्य बारे जानकारी गराउँदै भन्नुभयाे- गाउँघरमा गरिबीका कारण, आर्थिक अवस्था कमजाेर हुनुकाे कारणले कतिपय घरपरिवारका छाेरीहरू कक्षा ५ भन्दामा...









