जानकीका किसानहरुलाई अनुदानमा विउ वितरण
सकिल अहमद राईजानकी, २ कार्तिक - बाँकेको जानकी गाउँपालिकाको १ नं. वडामा किसानहरुलाई बर्शीन घाँसको वीउ वितरण गरिएको छ । जानकी गाउँपालिका पशु सेवा शाखाको ७५% अनुदानमा किसानहरुलाई विउ वितरण गरिएको हो ।
व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको माध्यमबाट पशुपालन गर्न सहज होस भन्ने उद्देशले वीउ वितरण गरिएको जानकी गाउँपालिका कावा अध्यक्ष इब्राहीम अलि हल्वाईले जानकारी दिए । ३ सय जना किसानहरुलाई घाँसको विउ जानकीको पशुसेवा शाखाको ७५% अनुदानमा खरिद गरी किसानलाई वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष इब्राहीम अलि हालवाईले जानकारी दिनु भएको छ।
वीउ वितरण कार्यक्रममा जानकी गाउँपालिकाका वडा सदस्य हौसीलालले किसानको चाहना अनुरुप विउ वितरण गरिएको जनाएको छ । विउ लिन आएका किसानहरुले विउ पाए पछि खुसी हुँदै वडा अध्यक्ष मो. रजा राईलाई धन्यबाद पनि दिनु भएको छ ।
कार्यक्रममा जानकी वडा नम्बर १ का कर्मचारी वड...









