
नेपालगन्ज, २६ – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.-१८ भुजईगाउँ स्थित श्री पाटेश्वरी आधारभूत बिद्यालयमा आज शनिवार छात्रबृति र सेनेटरी प्याड बितरण गरिएको छ ।
बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा साहू समाज समितिका अध्यक्ष हंशराम साहूकाे प्रमुख आतिथ्यमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवराम बर्माको अध्यक्षतामा सम्पन्न छात्रबृति बितरण कार्यक्रम श्री पाटेश्वरी आधारभूत बिद्यालयकी शिक्षिका माला केसीलाई प्रमुख अतिथिद्वारा माला, अबीर तथा दोसल्ला ओढाएर बिदाई गरिएको थियो ।
बि.सं. २०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी
आधारभूत बिद्यालयमा ८-९ वर्षदेखि शिक्षिका केसीले अध्यापन गराउँदै आएकी थिईन । बि.सं. २०४०/०१/२३ गतेदेखि शिक्षण पेशामा क्रियाशील भएर बिभिन्न बिद्यालयमा अध्यायन गराउँदै आउनु भएको र उहाँले पढाएका बिद्यार्थीहरुले ठूलो ठूलो ओहदामा पनि पुगेको बताइन् । उहाँ गत बैशाख महिना मैं सेवा निबृत हुनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि साहूले सबै अभिभावकले आ-आफ्नो बालबालिकालाई शिक्षा आवश्य दिनुहोस् । शिक्षाले नै उज्वल भविष्य बनाउँछ भनी आफ्नाे भनाई राख्नुभयाे ।
बिद्यालय व्यस्थापन समितिकी सदस्य सायरा अन्सारीले आ-आफ्ना बालबालिकाहरुलाई बिद्यालय आवश्य पठाउनुहोस् किनभने जब तपाईंको बालबालिका पढेलेखेर शिक्षित हुन्छन् तब मात्र घर र समाजको विकास हुन्छ । बिद्यालयबाट प्राप्त गरेको छात्रबृतिको रकमले बालबालिकाहरुको कापी कलम, पोशाक नै खरीद गर्नका लागी खर्च गर्न अनुरोध गर्नृुभएको थियो ।
कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरुमा रामनरेश नाउँ, बिनोद कसमार नाउँ, महिला सदस्य सायरा अन्सारी, ममता शर्मा, सल्लाकारहरुमा रणप्रसाद राना, बलराम बर्मा, गोकुल चमारको उपस्थित रहेको थियो ।
बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाहीका अनुसार १ कक्षादेखि ७ कक्षासम्मका दलित छात्र र सम्पूर्ण छात्रा गरी १ सय ६२ जनालाई रु. ४००/- का दरले प्रमुख अतिथि तथा सल्लाहकार साहू र चमारले छात्रवृत्ति बितरण गर्नु भएको थियो भने सोही कार्यक्रममा सेनेटरी प्याड पनि बितरण गरिएको थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षक ओमप्रकाश त्रिपाठी, करुणा सिंह, सीता उप्रेती, सुनकुमारी थापा, रुपा बिष्ट, सुष्मा केसी, नोकी क्षेत्री लगायतको सहभागिता रहेको थियो । सो बिद्यालयका शिक्षक ओम प्रकाश त्रिपाठीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
