
नेपालगन्ज, ५ असाेज – आणविक अस्त्र रहित, विश्वका लागी आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित मंगलवार मानव अधिकार तथा शान्ति समाज बाके शाखा नेपालगन्जले प्रदर्शनको आयोजना गरेको छ ।
प्रदर्शनको आयोजना गरेको मानव अधिकार तथा शान्ति समाज बाके शाखा नेपालगन्जले त्रिभुवन चोक देखि पदयात्रा गर्दै जिल्ला प्रशासन पुगि प्रदर्शन गरेको छ ।
शाखाको सल्लाहकार बिष्णुलाल कुम्हालका अनुसार हरेक बर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको बताएका छ्न ।
यसै क्रममा नि.वर्तमान अध्यक्ष कृष्णादेवी पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको बताएकी छिन् ।
शाखा अध्यक्ष प्रभाकर भट्टराईको अनुसार नेपालमा भने यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो । यस बर्षको ३४औं अन्तर्राष्ट्रिय शान्ति दिवस “शान्तिका लागि सहकार्य–सवैका लागि सम्मान” भन्ने नाराका साथ मनाईदैछ बताएका छन् ।
यसैगरी अध्यक्ष भट्टराईका अनुसार आणविक अस्त्र रहित, विश्वकालागी आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित मंगलवार मानव अधिकार तथा शान्ति समाज बाँके शाखा नेपालगन्जले प्रदर्शनको आयोजना गरेको बताए ।
बोल्ने क्रममा शाखाका कोषाध्यक्ष जहिरुल हक “”जीनू”” विश्व शान्तिको उद्देश्यले हरेक बर्ष यो दिवस विश्वभर मनाईने गरिन्छ बताएका छन भने आजको प्रदर्शन कार्यक्रमलाई सञ्चालन शाखाका सचिव देवेन्द्र नाथ शुक्लले गरेका थिए ।
