
राप्तीसोनारी, २९ असोज – बाँकेको क्षेत्र नं १ राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने चिलहरियामा रहेको खेलमैदानको अनुगमन गर्दै मन्त्री’ले मैदानलाई अब व्यवस्थित पारिने प्रतिबद्धता जनाउनु भएको छ ।
मन्त्री भएपछि विहिबार मात्र आफ्नो निर्वाचन क्षेत्र अथवा गृह जिल्ला आउनु भएका मन्त्री दशैंको रमझम छोडेर जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ । बाँकेका विभिन्न ठाउँहरूमा जाँदै त्यहाँका जनता संग दशैंको शुभकामना आदानप्रदान र जनताका दुख पिडा र उनीहरूलाई आफुले सक्दो सहयोग गर्न नछोड्ने भन्दै प्रतिवद्धता गर्नु भएको छ ।

“युवा भनेको देशको शक्ति हो र खेल भनेको हाम्रो स्वास्थ्य र सिंगो राष्ट्रसंग जोडिएको हुनाले यसलाई व्यवस्थित गर्नु पर्दछ” मन्त्री अथकले भन्नुभयो । हिजो (मंगलबार) मात्र मुगु बस दुर्घटनाका घाईतेहरुको अबस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।
नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) बाँके क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसद हुन ।
