Wednesday, April 22सत्यम खबर
Shadow

‘अब म कहाँ जाँऊ छोरा उपचार र न्यायको लागि ?’ अन्सारी

नेपालगन्ज, ९ कार्तिक – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको समस्या समाधानमा ढिलाई भएको छ । आन्दोलनरत कर्मचारीहरुको माग व्यवस्थापन पक्षले ठाडै अस्वीकार गरेको छ । कर्मचारीहरु आन्दोलन मै रहँदा सेवाग्राहीहरु भने समस्यमा रहेका छन् ।
आन्दोलनरत कर्मचारीहरु मन्त्रालयले गठन गरेको समितिको पर्खाईमा रहेको बताउँछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले मध्यस्थता समिति गठन गर्ने नाममा आफूहरुलाई झुलाएको कर्मचारीहरु बताउँछन् ।


करीब चार वर्षदेखि श्रम कार्यालय बाँकेमा परेका उजुरीको छिनोफोनो हुन नसकेपछि र कर्मचारीहरुले तलब भत्ता बृद्धिको माग राखेर आन्दोलन घोषणा गरेपछि मन्त्रालयले गत १८ असोजमा उपसचिवको संयोजकत्व रहेको ३ सदस्यीय मध्यस्थता समिति गठन गरेको थियो । तर गठन भएको समिति हालसम्म आफूहरुको सम्पर्कमा नआएको आन्दोलन समितिका सहसंयोजक मुनिर खाँ बताउँछन् ।
कर्मचारीहरु इमरजेन्सी बाहेकको सबै सेवा ठप्प पारेर ९ दिनेदेखि आन्दोलनमा रहेका छन् । जसले गर्दा आम बिरामी सेवाग्राहीहरुलाई उपचारमा समस्या रहेको पाईन्छ ।


नेपालगन्ज वार्ड नं. ७ निवासी सेरु अन्सारीको छोराको दुई दिन अगाडी मोटरसाईकल दुर्घटनामा परी घाईते भएका छन् । उनी उपचारको लागि नेपालगन्ज मेडिकल कलेज गएका थिए । तर उनीबाट मेडिकल कलेजले नगद ५० हजार जम्मा गर्न लगाएर छोराको उपचार नगरी जसोतसो सिटिस्केन मात्र गरेको र रुईको भरमा घाउ खुला छोडेको आरोप लगाएका छन् ।
अन्सारीका अनुसार छोरा सिकिस्त रहेको अवस्थामा अस्पतालद्वारा टाँका समेत नलगाई लापरवाही गरेपछि लखनऊ उपचारको लागि लागिएको बताउँछन् ।


त्यति मात्र नभई भारु पैसा सट्न जयसपुर सट्ही काउन्टर श्री अन्सारी मनी चेन्जर प्रा.लि.मा जाँदा मैले काउन्टरमा ४९ हजार नेपाली दिंदा जम्मा २७ हजार ५०० मात्र भारु दिएर विपदको बेला सट्ही काउन्टरले समेत ठग्ने कार्य गरेको बताए ।
उक्त सट्ही काउन्टरले ठगेको घटना बारे जमुनाहा प्रहरी चौकीमा जानकारी गराएको तथा सट्ही काउन्टरका व्यक्तिलाई थप कार्यवाहीको लागि चौलिक्का स्थित डियुटीमा रहेका प्रहरी जवानलाई घटना बारे बताउँदा उनले मप्रति दुव्यर्वहार गरी नानाथरी गाली समेत गरेको पीडित अन्सारी बताउँछन् । ‘अब म कहाँ जाँऊ छोरा उपचारको लागि, न्यायको लागि’ अन्सारीले आफ्नो पीडा पोखे ।
यस बारे श्री अन्सारी मनी चेन्जर प्रा.लि.का सञ्चालक शहाबुद्दीन अन्सारीको भनाई अनुसार काउन्टरबाट भारु सट्दा उनलाई २९ हजार ६ सय रुपैया दिएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *