Thursday, January 15सत्यम खबर
Shadow

विपद् सूचना व्यवस्थापन पोर्टल नरैनापुरमा सञ्चालन गर्ने

नरैनापुर, ६ असोज – बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।
नरैनापुर गाँउपालिकामा सेभ द चिल्डूेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकोले उक्त पोर्टल संचालनका लागि गाँउपालिकाले भूमिका खेल्ने बताउनु भयो ।


कार्यशालालाई सहजिकरण गर्दै आई.एच.आर.आर का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीयस्तरमा सूचीत निर्णय लिन र नीति बनाउन समेत मद्दत पु¥याउने बताउदै उहाँले पोर्टल संचालनका लागि आफूहरुले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यशालामा सेभ द चिल्डूेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी जोखिम जस्तैः भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शीत हुने बताउनु भयो । उहाँले गाँउपालिका संग सहकार्य गरेर वडा स्तरीयबाट तथ्याक संकलन गरी २ महिना भित्रै पोर्टल संचालनमा ल्याउने तयारी गरेको जानकारी गराउनु भएको थियो ।
पार्टल संचालनमा ल्याउनका लागि एसडिएफलाई प्राविधिक सहयोग गर्दै आएको नक्साका सुमिता मान्नधर र रोजिना ढकालले प्रकोप सम्बन्धि कागजात, स्थानीय, वार्ड र समुदायस्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यको सम्पर्क जानकारी, स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजना सम्बन्धी डाटा र जानकारी एकीकृत गर्न पोर्टल संचालनमा ल्याउन एक दम रहेको बताउदै उक्त पार्टल संचालनका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने जिकिर गर्नु भएको थियो ।
कार्यक्रममा नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका संघ संस्थाबाट तयार गरिएका सूचना तथा तथ्याङ्कले गाँउपालिकाको रणनीति योजना बनाउन सहज हुने बताउनु भयो । उहाँले पोर्टल सञ्चालनमा आइसके पछि सूचना र तथ्याङ्कलाई थप अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा सुरु भएको कार्यशालामा उपाध्यक्ष जयन्ती देबी श्रीवस्तव, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, विपद शाखाका प्रमुख लक्ष्मीकान्त शर्मा, सेभ द चिल्डूेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौले,आईएचआरआरका टिम लिडर सुरज गौतम, नक्साका सुमिता मान्नधर, रोजिना ढकाल, एसडिएफका संचालक समितिका सदस्य रक्षा शर्मा र कार्यक्रम संयोजक तारा भुषाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *