Friday, November 22सत्यम खबर
Shadow

“चरमपन्थी संगठनलाई बहिस्कार गरौं”

नेपालगन्ज, २० असोज – आपसी सौहार्द काउन्सिल बरेलीको ती उल्मा र मुफ्तिहरुको संगठन हो जसले आला हजरत र मुफ्ती ए आजमको संदेशलाई जनजन सम्म पुर्‍याउने गरेको छ ।
सुन्नी हन्फी खानकाही विचारधाराको केन्द्र दरगाह ए आला हजरतको मध्यम द्वारा हिंसा अपराध कट्टरपन्थिताको अन्त्य गर्ने जमातको रूपमा काउन्सिलले काम गर्दै आएको छ । विश्वभरीका आलीम मुफ्ती सामाजिक संघसंस्थाहरु सँग समन्वय गरि समाजमा शान्ति स्थापना गर्ने काउन्सिलले लामो समय देखि काम गर्दै आएको छ ।
सेमिनार , सभा, घोष्ठी, पुस्तक , लेख, कार्यक्रमको मध्यमबाट सूफी खानकाही हन्फी विचारधाराको अनुयायीहरुलाई एकजुट बनाउने र मानवता प्रेम भाव सिकाइ गराउने काउन्सिलको लक्ष्य रहेको दरगाह ए आला हजरतका सचिव मुफ्ती सलीम नूरीले बताए ।उनले भने समाजमा त्यस्ता संगठनहरु सक्रिय छन् जसले मानवता विपरीत काम गर्ने हिंसा अपराधलाई बढावा दिई समाजबाट शान्ति सौहार्द र मानवताको वातावरण मेटाउने भर्सक प्रयास गरिरहेका छन् ।
स्थानीय प्रशासनले त्यस्ता संगठन संघसंस्थाहरु माथि प्रतिबन्ध लगाएर समाजको शान्ति सौहारलाई जोगाउन सक्छ । उहाँले भन्नूभयो , आजको युवा पुस्तालाई कट्टरपन्थितातिर केन्द्रित गरेर समाजको शान्ति भङ्ग गर्ने प्रयास भैरहेको छ । ती युवापुस्तालाई हामी असल ब्यवहार र मानवता युक्त समाजको बारेमा सचेत गराए हामीले समाजलाई जोगाउन सक्छौं ।
पि एफ आइ, आर एस एस लगायतको संगठनहरुको नामलाई सम्बोधन गर्दै प्रतिबन्ध लगाउनु पर्ने उहाँको भनाइ थियो । उहाँले केही अन्य संगठन तथा संस्थाहरुको नाम गनाउँदै भन्नुभयो कि यस्ता संस्थाहरुले जल्दबाजी र हतारको काम गरेको देखिन्न । वास्तवमा समाजमा शान्ति स्थापना गर्न यस्ता संस्थाहरुको आवश्यकता छ । जसमध्ये एक संस्था मुस्लिम ब्रदर हुड्स रहेको उनले बताए । नूरीले ब्रदर हुड्सको कामलाई प्रशासनिय बताए ।
ब्रदस हुड्सले गरीब पीडित असाहायको लागि दान गर्ने, मस्जिद निर्माण गर्ने मदरसामा अनुदान गर्ने, शैक्षिक क्षेत्रमा लगानी गर्ने धर्म र जात भन्दा माथी उठेर काम गर्ने, कोरोना कहरको समयमा अग्रपंक्तिमा आएर खाद्यान्न उपलब्ध गराउने संस्थाको रूपमा बाहिर आएको उनले बताए । १०९० मा स्थापित मुस्लिम ब्रदर हुड्स अहिलेसम्म कुनै विवादमा नपरेकोले मुस्लिम ब्रदरस हुड्स जस्तै काम गर्न उनको सुझाव थियो ।(स्मार्ट पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *