
नेपालगन्ज, ३१ भाद्र – विगत २ वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्यमा सक्रिय भई आम जनमानस बीच आफ्नाे पहिचान स्थापित गर्न सफल गाैरव स्मृति एण्ड वि याेर फाउण्डेशनले आजीवन सदस्यहरूलाई सदस्यता प्रमाण पत्र वितरण गरेकाे छ ।
गाैरव स्मृति फाउण्डेशनले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरि करीब ४५ जना सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गर्नुका साथै संस्थापककालदेखि सहयाेगी भूमिका निर्वाह गरेकाहरूलाई समेत सम्मान प्रदान गरेकाे छ ।
यसरी सम्मान पाउनेहरूमा सञ्चार क्षेत्रबाट मधुखबर डटकमका सम्पादक मधु पाैडेल, सत्यमखबर डटकमका सञ्चालक चन्द्रेश्वरराज त्रिपाठी, रेडियाे कृष्णसार एफएमका पवन जयसवाल, वरिष्ठ पत्रकार नरेन्द्र थापालगायतलाई सम्मान गरेकाे छ ।
आजीवन सदस्यता वितरण तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि समाजसेवी माधवराम बर्माले दैनिक जीवनमा २ घण्टा भएपनि समाजलाई प्रदान गर्न सक्नु पर्दछ, त्यसाे नगर्दा जनावरले समेत बच्चा जन्माउने र जीवनयावन गरे सरह नै हुनेछ भन्दै सबैमा सामाजिक दायित्व निर्वाह गर्न अगाडि आउनु पर्ने बताउनुभयाे ।
चिलिम बनेर अरूलाई जलाउनु भन्दा सुराही बनेर सबलाई सितलता प्रदान गर्न सक्नु नै गाैरव स्मृति तथा वि.याेर. सेल्फ फाउण्डेशनकाे महत्वपुर्ण विषय भएकाे ओैषधि व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सुधिव भट्टराईले बताउनुभयाे ।
कार्यक्रममा सहु समाज बाँकेका अध्यक्ष तथा विशिष्ठ अतिथि हंसराम साहु, ओैषधि व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सुदिप खड्का, बाबुराम साहु, रामलाेचन साहु, सन्ताेष शाह, रबिन्द्रबहादुर मल्ल, कान्ति शर्मालगायत ५० बढीकाे सहभागिता रहेकाे थियाे ।
गाैरव स्मृति एण्ड वि याेर फाउण्डेशनका अध्यक्ष मधु शाहकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन ताेजेन्द्र विकले गरेका थिए । संस्थाका संरक्षक प्रदीप शाहद्वारा विगतदेखि सक्रिय भई संस्थाले भए गरेका कार्य बारे जानकारी गराईएकाे थियाे भने स्वागत मन्तब्य समेत व्यक्त गरिएकाे थियाे ।
