Sunday, April 12सत्यम खबर
Shadow

को हुन पत्रकार शर्मा ? लुम्बिन प्रदेशसभाका लागि सिफारिस

नेपालगन्ज, ६ असोज – पत्रकारिता पृष्ठभूमीका कुन्तलराज शर्मा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्राका शर्मा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ (ख) बाट समानुपातिकतर्फ सिफारिसमा परेका छन् । प्रदेश क्षेत्रीय कार्यसमितिले उनलाई लुम्बिनी प्रदेशसभाका लागि समावेशी मधेशीतर्फ सिफारिस गरेको हो ।

२०४६ सालदेखि पत्रकारिता थालनी गर्दैगर्दा नेपाली काँग्रेसको विचार, सिद्धान्त र आदर्शबाट प्रभावित भई उनी राजनीतिमा लागेका थिए । २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ को लोकतान्त्रिक जनआन्दोलन, प्रत्येक आमनिर्वाचन, सामाजिक कार्य तथा पार्टीका हरेक गतिविधिमा उनी निष्ठापूर्वक सरिक हुँदै आईरहेका छन् ।

उच्च नैतिकताका साथ पार्टी जीवनमा क्रियाशील शर्मा उत्तरदायित्व बहनमा उनी अब्बल छन् । उनले आफूले पाएका पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् । हालसम्म कुनै पनि आमनिर्वाचनमा अवसर नपाएका उनी बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) अन्तर्गत पर्ने नेपालगन्ज उपमहानगरपालिकाको मूलनिवासी हुन् ।

वैचारिक रुपमा २०४६ सालबाट काँग्रेसमा लागेता पनि २०५२ सालमा उनले नेपाली काँग्रेसको सदस्यता लिँदै २०५३ सालबाट सक्रिय सदस्यका रुपमा क्रियाशील छन् ।
काँग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियन बाँकेमा बिगत २५ बर्षदेखि– कार्यसमिति सदस्य, उपाध्यक्ष, केन्द्रीय पार्षद हुँदै हाल पनि उनी केन्द्रीय पार्षद तथा स्थानीय पत्रिकाको कार्यकारी सम्पादकको भूमिकामा छन् ।

नेपाली काँग्रेसको तल्लो तह वडा समितिमा नवौं, दशौं महाधिवेशनमा सचिव र नगर कमिटी सदस्य भई सांगठनिक पदीय जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेको स्थापनाकालदेखि तीन कार्यकाल कार्यसमिति सदस्य तथा विगतमा रासस लगायत विभिन्न राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभव उनीसँग रहेको छ । शर्मा नेपाली काँग्रेसको नवौं महाधिवेशनमा स्वागत तथा प्रबन्ध समिति सदस्य थिए भने हालै सम्पन्न गठबन्धन सहितको स्थानीय नेपालगन्ज उपमहानगरपालिका “प्रमुख” को निर्वाचनमा सचिवालय सदस्यको भुमिकामा रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *