पाँच मिनेटको घम्साघम्सीपछि हरिबहादुरले मारे आक्रमण गर्ने चितुवा
जमजुङ, ७ भाद्र – लमजुङको बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा आइतबार बिहानै चितुवा पस्यो। घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए ।
तस्बिर : दीपक अधिकारीको फेसबुकबाट
चितुवा भगाउन होहल्ला गरे । तैपनि चितुवाले गाउँ छाडेको रहेनछ । पौने आठ बजेतिर चितुवा स्थानीय हरिबहादुर थापाको घरछेउ आइपुग्यो ।गाउँमा बाँदर पनि आइरहन्थ्यो ।‘गाउँलेहरूले हैट‘ हैट‘ गरिरहेका थिए । घरछेउको गल्लीमा केही उफ्रिएजस्तो लाग्यो। बाँदर हो कि भनेर खले गराको डिलबाट गल्लीतिर हेरेकोमात्रै थिएँ, बुर्लुक्क उफ्रेर चितुवा पो ममाथि जाइलाग्यो,’ घाइते थापाले सेतोपाटीसँग भने, ‘पाँच मिनेटजति म र चितुवाबीच घम्साघम्सी भइरह्यो ।’उनको हातमा हँसिया रहेछ ।‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथो¥यो,’ उनले भने, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें । हँ...









