Friday, July 31सत्यम खबर
Shadow

समाज

‘म पनि यसबाट अछुतो रहन सकिन’– डा. पाण्डे

‘म पनि यसबाट अछुतो रहन सकिन’– डा. पाण्डे

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल बिभाग प्रमुख डा. राजन पाण्डेलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।डा. संकेत रिसाललाई हिजो नै कोरोना पुष्टि भएको थियो । भेरीका यी दुई जना डाक्टर प्रत्यक्ष उपचारमा संकलन हुनुहुन्थ्यो । यता, नेपालगन्ज मेडिकल कलेजका आधा अर्जन डाक्टरलाई कोरोना लागि सकेको छ ।ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उहाँले सोमबार स्वाब दिनु भएको थियो । भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा आज मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।डा. पाण्डे कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटिनु भएको थियो । आफुलाई जोखिम मै राखेर भएपनि डा. पाण्डेले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आउनु भएको थियो ।डा. पाण्डेले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा रहँदा म ...
आज ७ महिला सहित जम्मा २६ जना संक्रमण मुक्त भई घर फर्कदैं

आज ७ महिला सहित जम्मा २६ जना संक्रमण मुक्त भई घर फर्कदैं

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – आज मंगलबार बाँकेमा २६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज मंगलबार ७ महिला, १९ पुरुष गरी जम्मा २६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं छन् ।मंगलबारसम्म बाहिरी जिल्लाका समेत ८ सय ३५ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय ५४ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन् ।कोरोना फोकल पर्सन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि १ सय ७८ जनाको उपचार भईरहेको जानकारी दिएका छन् । बाँकेमा कोरोना संक्रमणका कारण २ जना महिलासहित ४ जनाले ज्यान गुमाईसकेका छन् ।...
खजुराका स्वास्थ्य संस्थाहरुको समीक्षा

खजुराका स्वास्थ्य संस्थाहरुको समीक्षा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गरिएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुको तथ्यांक प्रमाणिकरणसहति प्रस्तुतीकरण र समस्याहरुको पहिचान, स्वास्थ्य सेवा प्रदान गर्दा आइपरेका समस्याहरुको पहिचान गरी निराकरणका उपायहरु पत्ता लगाउने र अगामी योजना तयार गर्ने उद्देश्यका साथ समीक्षा गरिएको हो । खजुरा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. १ देखि वडा नं. ८ सम्मका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुले वर्षभरी गरेका कार्यप्रगतिको समीक्षात्मक तथ्यांक सम्बन्धित स्वास्थ्य केन्द्रका प्रमुखहरुले प्रस्तुत गरे ।कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरालाई स्व...
अपडेटः बाँकेमा ३ महिलासहित ४ जनामा कोरोना  संक्रमण पुष्टि

अपडेटः बाँकेमा ३ महिलासहित ४ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – बाँके जिल्लामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको दुई सय स्वाब परीक्षणमा कोहलपुर नगरपालिका–११ का १८ र २७ वर्षका पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ४९ वर्षका पुरुष र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट स्वाब संकलन गरिएकी ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार हाल २ सय ११ जना आईसोलेसनमा उपचाररत रहेका छन् । जसमा २ जना महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।...
चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने तयारी

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने तयारी

विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – कोरोना भारइस विरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ । परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए । तस्वीरः गुगल उनले पछिल्लो समय कोभिड–१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए ।‘चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,’ ज्ञवालीले भने । उनले चीनको ‘होङ्सी ग्रुप’ पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए । ज्ञवालीले भने, ‘उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच...
हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित

हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – जिल्ला प्रहरी कार्यालय बाँकेले श्रावण महिनाभरी उत्कृष्ट काम गर्ने तिन प्रहरीलाई पुरस्कृत गरेको छ । आईतबार बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले कोरोना कालमा अग्रपन्थीमा रही उत्कृष्ट कर्तब्य निर्वाह गर्ने प्रहरी नायब निरीक्षक अनुरुप यरी, प्रहरी जवान सन्तोष पौडेल र प्रहरी जवान देबेन्द्र हमाललाई पुरस्कृत गरेका छन् । उनीहरुमध्ये प्रहरी जवान हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित गरिएको छ । हमाललाई कदरपत्र सहित अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको छ । श्रावण महिनामा उत्कृष्ठ काम गर्ने कर्मचारी मध्ये उनी श्रावण महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।प्रहरी नायव निरीक्षक यरी र प्रहरी जवान पौडेललाई अभिलेखमा उल्लेख हुने गरि नगद पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको छ ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसाय...
‘ह्याकर’ ऐश्वर्या

‘ह्याकर’ ऐश्वर्या

प्रदेश ५, समाचार, समाज
ऐश्वर्या केसीलाई सानैदेखि कम्प्युटर मन पर्थ्यो । चलाउन नआए पनि अनेकौं किताब हेर्दै सिक्न खोज्थिन् । कक्षा ६ मा स्कुलले नै कम्प्युटर विषय पढाउन थालेपछि उनलाई यसबारे झनै चासो बढ्न थाल्यो । बिस्तारै उनको रूचि कम्प्युटर गेमिङतिर मोडियो । गेमका लागि कोडहरू कसरी प्रयोग गर्ने भनेर सिक्दै गइन् । यसरी गेमिङ हुँदै कम्प्युटर कोडिङमा लागेकी उनी अहिले एक ‘ह्याकर’ हुन् ।काठमाडौंकी २४ वर्षीया ऐश्वर्या नेपालका थोरै संख्यामा पर्ने महिला ह्याकरमध्ये एक हुन् । करिब तीन वर्षदेखि ह्याकिङमा लागेकी उनी अहिले एक बैंकका लागि काम गरिरहेकी छन् । बैंकको सिस्टम सर्भर, नेटवर्क, वेब एप्लिकेसन र डाटाहरू बाहिरी ह्याकरबाट बचाउनु उनको जिम्मेवारी हो ।कुुनै पनि अनलाइन साइटको पूर्वाधारमा आउने जोखिमबाट बचाउने र भविष्यमा त्यो घटना फेरि हुन नदिन त्यसबारे अध्ययन गर्ने काम हुन्छ ह्याकरको । यो दुई किसिमको हुन्छ– इथिकल ह्याकिङ र अनइथ...
डाक्टर र प्रहरीसहित १४ डिस्चार्ज

डाक्टर र प्रहरीसहित १४ डिस्चार्ज

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – बाँकेको नेपालगन्जबाट सोमबार डाक्टर, नर्स र प्रहरी सहित १४ जना कोरोना मुक्त भएर डिस्चार्ज हुँदैछन ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई डाक्टर, एक नर्स र वडा प्रहरी कार्यालयका चार प्रहरी सहित १४ जना डिस्चार्ज हुन लागेका छन् । विभिन्न आईसोलेशनमा बसेका उनीहरुलाई आजै सोमबार डिस्चार्ज गर्ने तयारी गरिएको श्रेष्ठले बताए । श्रावण २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरिएको थियो ।आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको श्रेष्ठले स्पष्ट पारे ।बाँकेमा हालसम्म ८ सय २९ र अन्य जिल्लाका ४ गरी ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये, ४ जनाको मृत्यु भइसकेको छ । आज हुने डिस्चार्ज सम...
बाँके युनेस्कोद्वारा जमुनाहा नाकामा खाना, पानी र मास्क वितरण

बाँके युनेस्कोद्वारा जमुनाहा नाकामा खाना, पानी र मास्क वितरण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – बाँके युनेस्को क्लबले भारतबाट स्वदेश फर्किएका २५ हजार भन्दा बढी नागरिकलाई जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा गत जेठ २२ गतेबाट नाकामा शुरु गरिएको तयारी खाना, पानी र मास्क वितरण कार्यलाई आईतवार समापन गरिएको छ ।बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले समापन कार्यक्रममा बोल्दै गत १ दिनको अवधीमा भारतबाट फर्किएका २५ हजार १२ जना सर्वसाधारणलाई जमुनाहस्थित होल्डिंग सेन्टरमा तयारी खाना, पानी र मास्क वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार शुरुमा एक महिनाका लागि मात्र वितरण गर्ने लक्ष्य राखिएपनि पछि स्थानीय प्रशासन र उपमहानगरपालिकाको आग्रहमा समय थप गरिएको थियो ।सो वितरण कार्यको समापन गर्दै नेपालगन्ज उपमहानगरका ...
सूचना माग्ने बहानामा वडाध्यक्षद्धारा कर्मचारीलाई दुव्र्यहार

सूचना माग्ने बहानामा वडाध्यक्षद्धारा कर्मचारीलाई दुव्र्यहार

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ७ भाद्र – बाँके डुडुवा गाउँपालिका वार्ड नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र र वडा नं. ३ का वडाध्यक्ष भण्डारीलाल यादवको समुहले गाउँपालिकाका कर्मचारीलाई गालीगलौज गरि दुव्र्यवहार गरेको छ ।वडाध्यक्ष मिश्रको नेतृत्वमा करिब ३० जनाको समूहले गाउँपालिका कार्यालयमा विभिन्न विषयमा सूचना माग गर्ने क्रममा सूचना अधिकारी सञ्जयकुमार कर्णलाई गाली गलौज गरि अपशब्द, अभद्र शैलीसहितको गरिएको दुव्र्यवहारको घटनाप्रति पालिकाका कर्मचारीले गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।कार्यालयका सूचना अधिकारी आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला वडाध्यक्ष मिश्र नेतृत्वको समुहले सूचना माग निवेदन दर्ताको प्रक्रिया कै क्रममा मिश्रले गाली गलौज, अपशब्द प्रयोग गरि धम्कीपुर्ण शैलीमा गरिएको दुव्र्यवहारको घटनाले कार्यालयका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको इज्जत मानप्रतिष्ठा माथी नै आँच आउने र कर्मचारीलाई काम गर्ने बातावरण नहुनुले ...