Tuesday, October 22सत्यम खबर
Shadow

सुरक्षित भएर घर मै मोहरर्म मनाउन अनुरोध

नेपालगन्ज, ७ भाद्र – केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति केन्द्रिय कार्यालय नेपालगन्जका अध्यक्ष गुलाम हुसेन हलुवाइ “वारसी” फिरोजले समुदायलाई यसपटकको मोहर्रम पर्वलाई सुरक्षित भएर घर मै मनाउन अनुरोध गरेका छ्न ।

कोभिड–१९ को महामारीका कारण विगत ६ महिनादेखि सबै धार्मिक कार्यहरु घरमै गर्नु परिरहेको छ । मुस्लिम समुदायको मोहर्रम पर्वलाई पनि घरमै मनाउनुकालागि आग्रह गरेका छ्न ।
यसैगरी राति गरिने कुनै पनि कार्यक्रमहरु, भेला नगर्न वा ताजिया सेलाउन पालैपालो भिडभाड नगरी सुरक्षित तवरले कर्बला जान अध्यक्षले समुदायलाई अनुरोध गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *