Friday, July 31सत्यम खबर
Shadow

समाज

कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्नसक्छः विश्व स्वास्थ्य संगठन प्रमुख

कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्नसक्छः विश्व स्वास्थ्य संगठन प्रमुख

आर्थिक, विदेश, समाचार, समाज
(एजेन्सी) जेनेभा, ६ भाद्र – विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुन सक्ने बताएको छ ।संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन् ।‘विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका कारण भाइरस तीव्र रुपमा फैलियो । आधुनिक प्रविधि, उपचारका कारण पनि स्पेनिश फ्लूभन्दा छिटो कोरोना संकट टर्न सक्छ’, उनले भने । तस्वीर : गुगलबाट स्पेनिस फ्लू सन् १९१८ को फरवरीबाट सन् १९२० को अप्रिलसम्म विश्वभर फैलिएको थियो । यस महामारीबाट विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो । अहिले कोरोना संक्रमणबाट करिब आठ लाख मानिसको मृत्यु भइसकेको छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन् ।टेड्रोसलाई महामारीको बेला व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) मा भएको भ्रष्टाचार...
अपडेटः आज बाँकेका १६ जनामा कोरोना संक्रमण

अपडेटः आज बाँकेका १६ जनामा कोरोना संक्रमण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – बाँके जिल्लामा आज शुक्रबार १६ जना कोभिड–१९ पोजेटिभ देखिएका छन् ।नेपालगन्जको भेरी अस्पतालको पिसिआर ल्याबबाट प्राप्त जानकारी अनुसार १६ जना कोभिड–१९ पोजेटिभ पुष्टि भएको बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।यो सँगै बाँके जिल्लामा जम्मा पोजेटिभ संख्या ८ सय ३ जना पुगेको छ भने २ सय ५२ जना उपचारमा रहनुका साथै ५ सय ४७ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । बाँकेमा ८ सय ३ जना संक्रमित मध्ये ५ सय ४७ जना निको भई डिस्चार्ज भएका छन् भने २ सय ५२ जना हाल उपचारमा रहेको फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।यो सँगै बाँकेमा २ महिला सहित ४ जनाको मृत्यु भईसकेको छ ।...
दोषीलाई हदैसम्म कार्यवाहीको माग गर्दै ज्ञापनपत्र

दोषीलाई हदैसम्म कार्यवाहीको माग गर्दै ज्ञापनपत्र

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – रौतहट जिल्लाको माधवनारायन नगरपालिका बडा नं. २ खेसरहीया स्थित श्री हनुमान मन्दिरको पुजारी रामसाह तेलीको गोली हानी हत्या गरिएको विरोधमा विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति बाँकेले शुक्रबार जिल्ला प्रशासनमा दोषीलाई कडा कार्यवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । यही भाद्र ३ गते रौतहट जिल्लाको माधव नारायण नगरपालिका वार्ड नं २ खेसरहिया बजार स्तिथ श्री हनुमान मन्दिरको महन्त तेलीको गोली हानी हत्या गरिएको थियो । हत्याको खबरले सम्पूर्ण सनातनी समुदायलाई मर्माहित बनाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा पीडितलाई कानुन बमोजिम न्याय र पीडकलाई हदैसम्म कानुनी कार्यवाहीको माग गर्दै घटनाको बिरोधमा बिश्व हिन्दू परिषद नेपालमार्फत जिल्ला प्रशासन कार्यालय बाँकेलाई परिषदका अध्यक्ष बृजेशबहादुर सिंहले शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।यसैगरी विश्व हिन्दू परि...
कैसी है मुसकिल कुछ करने नही देती….

कैसी है मुसकिल कुछ करने नही देती….

कला/साहित्य, प्रदेश ५, समाज
कैसी है मुसकिल कुछ करने नही देतीहंसता हू तो आँख दिखा कर हंसने नही देतीबडी मुसकिल मे है जान जीने नही देतीकरवा चौथ का ब्रत रखकर मरने नही देती तलाक मे तय हुआ सामान बराबर बाटे जाएगेंमगर थे तीन बच्चे उनको कैसे बांट पाएगेंसर चकराया जो अफसर का तो पत्नी ने कहा पति सेहमे कोई नही चल्दी चलो हम अगले साल आएगेंरहे दिल मिल के उन दोनो विचारो के ही दुनिया मेउन के विचारो के उडे है अब तो परखच्चे कि उसकेपत्नी को हुए है दो जुडवा बच्चे । नयां नयां टी.बी. घर आया प्रशन्न भए दादा जीसुबह सबेरे से ही आस्था के सागर मे उतर गए दादा जीयी टी. बी. भी टी.बी. फैसन टी.वी. के चक्कर मे पड गए दादा जीवसन बिहीन तन तरुनी के देख देखब्लड प्रेसर बढा तो गुजर गए दादा जी शिव प्रसाद पाठकनेपालगन्ज–६, बाँके...
तिजको अवसरमा पूर्वमन्त्री राईदेखि प्रशासन प्रमुखसम्मले के–के लेखे स्टाटसमा….

तिजको अवसरमा पूर्वमन्त्री राईदेखि प्रशासन प्रमुखसम्मले के–के लेखे स्टाटसमा….

धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – बाँके जिल्ला लगायत देशभरमा आज हरितालिका तीजको रौनक नभएपनि सार्वजनिक सञ्जाल फेसबुक, ट्युटर, इमो लगायतमा शुभ–कामना आदान प्रदान गर्नुका साथै कोभिड–१९ को संक्रमणबाट जोगिन घरमा बसी तिज मनाऔं भनी स्टाटसहरु देख्न पाई्रन्छ ।सोही सार्वजनिक सञ्जालको प्रयोग बाँकेका जनप्रतिनिधिहरुदेखि लिएर प्रशासन प्रमुखहरुले समेत गरी विभिन्न सन्देशहरु शुक्रबार प्रवाह गरेका छन् । सोही क्रममा पूर्व मन्त्री एवम् बाँके क्षेत्र नं. २ का सांसद मोहम्मद ईस्तियाक राईले ईस्लामिक नयाँ वर्ष १४४२ हिजरी तथा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज–२०७७ को सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुमा शुभकामना व्यक्ति गरिनुका साथै तीज र मोहर्रम जस्ता महान चाड पर्वहरुमा गरिने सबै प्रकारका जमघट, भेला, धार्मिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रमहरु आ–आफ्नो घर भित्रै सुरक्षित भएर गरिदिनु हुन...
नाचौ, तीज आठौँ सिजनमा कृष्णसार एफएमको डिजिटल प्रतियोगिता

नाचौ, तीज आठौँ सिजनमा कृष्णसार एफएमको डिजिटल प्रतियोगिता

आर्थिक, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – हरेक बर्ष तीज गीत प्रतियोगिता गर्दै आएको कृष्णसार एफएमले कोरोनाका कारण यसबर्षको प्रतियोगिताको स्वरुप परिवर्तन गरेको छ । बाँके र बर्दियाका साना–ठूला सहरमा पुगेर प्रतियोगी छनोट गर्दै आएको उक्त एफएमले यसबर्ष डिजिटल प्रतियोगिताको अवधारणा अघि सारेको छ । प्रतियोगीले आफूलाई मन परेको गीतमा नाचेर एफएमलाई पठाएको प्रतियोगिताका संयोजक माधव अधिकारीले बताए । उनले प्रतियोगीले तीज गीतमा नाचेको भिडियो २ भाद्रमा एफएमको पेसबुक पेजमा अपलोड गरेको बताए । प्रतियोगीले खेत, बारी, सडकमा नाचेको भिडियो एफएमलाई पठाएको उनको भनाई छ । ‘प्रतियोगीको भिडियोमा आएको लाइक र भ्यूजको आधारमा छनोट गरिने छ,’ उनले बताउनुभयो ।नाचौ, तीज आठौँ सिजन डिजिटल प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगिताका लागि ५० जनाले भिडियो पठाएको उनले जानकारी दिए । ति मध्ये पहिलो चरणमा २५ जना प्रतियोगीको भिडियो छनोटमा परेको उनले बत...
हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज शुक्रबार तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । तस्वीर : फेसबुकबाट तस्वीर : फेसबुकबाट सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको बाँकेको बागेश्वरी र्मिन्दरमा रहेका जुँगे महादेव, त्रिभुवन चोक शिवमन्दिर, फुल्टेक्राका शिवमन्दिर, काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्ने गर्थियो तर यस बर्ष कोरोना संक्रमणका कारण सरकारले सामुहिक नाच गानमा रोक लगाएको हुँदा घर मै बसी मनाउने गरिएको छ ।हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याल...
एकै दिन ५१ जना कोरोना मुक्त

एकै दिन ५१ जना कोरोना मुक्त

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – आईसुलेसन अवधि पूरा गरी बाँकेका विभिन्न आईसुलेसन सेन्टरबाट शुक्रबार ५१ जना डिस्चार्ज भएका छन् ।विहिबार हरितालिका तीजको बहानामा आईसुलेसन अवधि भन्दा एक दिन अगावै डिस्चार्ज गर्न लागिएको खबर सामाजिक संजालमा बाहिरएपछि चर्को विरोध भएको थियो । सोहीलाई ध्यानमा राखी प्रशासनले उनीहरुलाई विहिबार राती १२ बजे डिस्चार्ज गर्ने आश्वासन दिएको थियो । तर, आफूहरु राती १२ बजे डिस्चार्ज नहुने संक्रमितहरुले राखेपछि उनीहरुलाई शुक्रबार बिहानै डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।ब्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल पनि शुक्रवार बिहान डिस्चार्ज भएका छन् । ‘मापदण्ड अनुसार १४ दिन आईसुलेसन अवधि पुरा गरेका ५१ जनालाई थप ७ दिन होम आईसुलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको छ,’ फोकल पर्सन श्रेष्...
राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

आर्थिक, प्रदेश १, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
ललितपुर, ५ भाद्र–राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समिक्षा वैठक बिहीवार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित भर्चुअल वार्षिक समिक्षा वैठकले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पूँजि, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्व २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन ग...
अपडेटः बाँकेमा २४ जना पोजेटिभ

अपडेटः बाँकेमा २४ जना पोजेटिभ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र – बाँकेमा बिहीवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट जिल्लाका बिभिन्न पालिकाका गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार बिहिवार नेपालगन्ज उपमहानगरपालिकामा १ जना, कोहलपुर नगरपालिकामा १७ र जानकी गाउँपालिकामा ६ जना कोरोना पोजेटिभ थपिएका छन् ।बाँकेमा अब कोरोना संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । जसमध्ये २ जना महिला सहित ४ जनाको मृत्यु भइसकेको छ ।...