Tuesday, October 22सत्यम खबर
Shadow

अपडेटः ६ महिलासहित ८ जनामा कोरोना पोजेटिभ पुष्टि

नेपालगन्ज, ७ भाद्र – बाँके जिल्लाका ६ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।


आज आईतबार कोरोना पोजेटिभ पुष्टि हुनेमा कोहलपुरका २ जना, नरैनापुर गाउँपालिकाका १ जना र नेपालगन्जका ५ जना गरी जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा हालसम्म गरिएको पिसिआर परिक्षणमा ८ सय २९ जना संक्रमण पुष्टि भएको छन् भने ६ सय १४ जना निको भई डिस्चार्ज भईरहेका फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार हाल २ सय ११ जना आईसोलेसनमा उपचाररत रहेका छन् । जसमा २ जना महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *