Tuesday, October 22सत्यम खबर
Shadow

डुडुवा गाउँपालिका सित सूचना माग

नेपालगन्ज, ७ भाद्र – डुडुवामा खबरदारी गर्न नवगठित संघर्ष समितिले गाउँपालिकासँग आईतबार सुचना माग गरेको छ । गाउँपालिकामा सूचना अधिकारी को भन्ने यकिन नभएपछि सूचना माग गर्न गएको डुडुवा संघर्ष समिति केहीबेर अलमलमा परेको थियो । समितिका संयोजक तथा डुडुवा–६ का वडा अध्यक्ष मोहनराम मिश्रा कटाईका साथ प्रस्तुत भएपछि बताइएका सूचना अधिकारी संजयकुमार कर्णलाई सूचना माग निवेदन बुझाउँंदै सूचना माग गरिएको छ ।
नेपालको संबिधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धीको ऐन २०६४ को दफा ३ अनुसार चार बुँदे निवेदनमार्फत गाउँपालिकासँग सूचना माग गरिएको संघर्ष समितिका प्रेस संयोजक सूर्यलाल यादवले जानकारी गराउनुभयो ।


तर सूचना माग गरेपछि गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले कुन कानून, कुन नियम अनुसार सूचना माग गएिको भन्दै समितिका सदस्यलाई हप्काउँदै अपशब्द समेत बोलेको समितिका सदस्य राजेन्द्र बिकले बताउनुभयो ।
राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालय बाँकेलाई बोधार्थ गर्दै संघर्ष समितिले पेश गरिएको निवेदनमार्फत गाउँपालिकामा रहेका निजामति, करार, ज्यालादारी वा अन्यको नाम, पद तथा तलब स्केलको विवरण, आर्थिक वर्ष ०७६÷०७७ मा खर्च विकास बजेट र कुन कार्य, कति रकम, कहाँ खर्च भएको, उक्त कार्यका जिम्मेवार व्यक्तिको नाम (उपभोक्ता समिति) समेतको विवरण, आर्थिक वर्ष ०७४÷०७५, आर्थिक वर्ष ०७५÷०७६ र आर्थिक वर्ष ०७६÷०७७ को लेखा परिक्षण प्रतिवेदन र गाउँपालिमा भएका सवारी साधान, प्रयोग गर्ने व्यक्ति, उक्त सवारी साधानमा गत वर्ष खर्च भएको इन्धन विवरण तथा मर्मतमा खर्च रकमको विवरण माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *