Thursday, March 12सत्यम खबर
Shadow

भन्सार सीमा नाकामा दैनिक भण्डारा जारी

नेपालगन्ज, ६ भाद्र – विश्व कोभिड–१९ को महामारीमा पीडित रहेको बेला सबै ठाउँमा सहयोगी मनहरुले सहयोग गर्ने गरेको उदाहरणहरु प्रसस्त पाईन्छ । त्यही सहयोगी मनहरुमा नेपालगन्ज भन्सार कार्यालय प्रा·णमा करीब एक महिनादेखि निरन्तर रुपमा सीमा नाकाबाट आवत–जावत गर्नेहरुलाई खाना (भण्डारा) खुवाउने कार्य गरिरहेको सहयोगी ध्रुब शर्माले बताउनुभयो ।
सहयोगी शर्माका अनुसार रुपईडिहा सीमासँग जोडिएको सीमा नजिक रहेको भन्सार कार्यालय नेपालगन्जको प्रा·णमा जय गुरुदेव बाबाका भक्तहरुद्वारा एक महिनादेखि दैनिक रुपमा भण्डारा आयोजना हुँदै आईरहेको जनाउनुभयो ।


ढोढे गाँव बस्ने राजेश सोनीको भनाई अनुसार शुद्ध मन र भक्तीभावद्वारा सहयोग (दान) स्वीकार गरिएको छ । हामीले कसैलाई केही सहयोग गर्नुपर्छ भनी आजसम्म नभनेको र आउने दिनमा समेत कसैलाई भनिने छैन् ।
सहयोगी सोनीका अनुसार हामीले कुनै सरकारी, गैरसरकारी, संघ, संस्था वा कार्यालयबाट कुनै प्रकारको सहयोग लिएका छैनौं । गुरु महाराजको कृपाले यो भण्डारामा चामल, दाल, तरकारी, रोटी, लड्डु र फलको व्यवस्था दैनिक गरिएको बताए ।


खाना (भण्डारा) तयार गर्न सहयोगीहरु दिनरात १२–१५ जना महिलाहरु र २५–३० जना पुरुष भक्तहरु सेवामा लागेका हुन्छन् भने दैनिक ४००–५०० जना भण्डार खाने गर्दछन् । सीमा नाकाबाट आवत–जावत गर्नेहरु जो कोही भएपनि हामीले खाना खुवाउने गरेको सोनीले बताउनुभयो ।
सोनीको भनाई अनुसार विश्व कोभिड–१९ को महामारीबाट पीडित रहेको छ, जो जहाँ छ, त्यही रोकिएको अवस्थामा यो खाली पेटमा कसैको बन्दा–बन्दी चल्दैन, खाना चाहिन्छ, यिनी कुराहरु विचार गरी सहयोग हातहरुले सीमा नाकामा भण्डाराको आयोजना गर्दै आईरहेका छन् । हाम्रो हिन्दू धर्मको मान्यता अनुसार भोको पेट भएका व्यक्तिलाई एक–दुई छाक खाना (भण्डारा) खुवाउनु हुन्छ भने त्यसको पुण्य अवश्य पाउनु हुन्छ । सोही भावनाले भण्डारा गराई पुण्य कमाउने अभियानमा हामी गुरु भक्तजनहरु रहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *