
नेपालगन्ज, ६ भाद्र – जिल्ला का १० जना सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
आज शनिबार कोरोना पोजेटिभ पुष्टि हुनेमा बाँकेका १० जना र बर्दियाका १ जना गरि जम्मा ११ जना रहेको भेरी अस्पताल नेपालगन्जका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार २४ घण्टामा ३ सय ५० जनाको नमूना संकलन गरी परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ पुष्टी भएको बताउनुभयो ।

भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका ५ जना, नेपालगन्जका ३ जना र जानकी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने १ जना बर्दियाको मधुवनका रहेको बताउनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय १७ पुगेको छ । जसमा २ जना महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।