Thursday, September 25सत्यम खबर
Shadow

आज शनिबार २१ जना डिस्चार्ज

नेपालगन्ज, ६ भाद्र – बाँकेमा ५ सय ६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

आज शनिवार २१ जना संक्रमित डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ सय ६८ पुगेको फोकल पर्सन नरेशबाबु श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
आज जिल्ला समन्वय समितिका उपसचिव सहित २१ जना डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी गराउनुभयो । साउन २४ गते कोरोना संक्रमणमा पर्नु भएका जिल्ला समन्वय समितिका उपसचिव १४ दिन आइसोलेसन बसेर आज शनिबार डिस्चार्ज हुन लाग्नु भएको छ ।
बाँकेमा संक्रमितको संख्या ८ सय ७ पुगेको छ । अहिले विभिन्न आइसोलेसनमा २ सय ३५ जना छन् । कोरोना संक्रमणबाट बाँकेमा २ महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *