Thursday, March 12सत्यम खबर
Shadow

आज वडा प्रहरीका ४१ जनासहित ४६ जना संक्रमण मुक्त भई घर फर्कदैं

नेपालगन्ज, ७ भाद्र – आज आईतबार बाँकेमा ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज आईतबार वडा प्रहरी कार्यालय नेपालगन्जका ४१ जना, नेपालगन्ज उपमहानगरपालिकाका ४ जना र कोहलपुरका १ जना गरि ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं छन् ।
आईतबारसम्म बाहिरी जिल्लाका समेत ८ सय २१ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय १४ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन् ।
कोरोना फोकल पर्सन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि २ सय ३ जनाको उपचार भईरहेको जानकारी दिएका छन् । बाँकेमा कोरोना संक्रमणका कारण २ जना महिलासहित ४ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *