आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली कार्यक्रम
बागलुङ, १४ कात्तिक – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति शोक व्यक्त गर्दै बिहीवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम अन्तरगत बिहीवार बागलुङ नगरपालिका वडा नं. ५ मालिका तल्लो बान्द्रीमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो । संस्थाका शेयर सदस्य मातृका प्रसाद आचार्यका पिता बालकृष्ण शर्माको निधन भएको एघारौ तिथी पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम र श्रद्धाञ्जली वक्तत्व मृतककी छोरी शान्ति आचार्यलाई हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन संस्थाका प्रशासन विभाग प्रमुख कमला क्षेत्रीले गर्नु भएको थ...









