Thursday, March 12सत्यम खबर
Shadow

अपडेटः देशभर २ हजार ३ सय ६४ कोरोना संक्रमित

नेपालगन्ज, १३ कार्तिक – नेपालमा बिहीबार थप दुई हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा संक्रमण भएको हो । यो सँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ ।

फाईल फोटो


त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख २४ हजार ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट बिहिबार १७ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *