Thursday, September 25सत्यम खबर
Shadow

बाँके प्रमुख रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण

नेपालगन्ज, १२ कार्तिक – बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ


नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई मंगलबार कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । प्रजिअ कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निवास मै आइसोलेशन बसेको श्रेष्ठले बताउनुभयो ।


बाँके सरुवा भएर आएदेखि नै कुरुम्बाङ कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएर कोरोना विरुद्धको अभियानमा लड्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक सञ्जाल फेसबुक मार्फत गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई बिशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *