
नेपालगन्ज, १२ कार्तिक – बुधबार बाँकेका थप १८ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बुधबार बाँकेका ६ महिला र १२ पुरुष गरी १८ जना संक्रमित कोरोना मुक्त भई घर फर्किंदै छन् । उनीहरुलाई कार्तिक २ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सहित बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६ सय ७८ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ११ सहित ३ सय ७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ४ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।