Tuesday, June 2सत्यम खबर
Shadow

समाज

अपडेट : बाँकेका १७ सहित ४१ मा संक्रमण पुष्टि

अपडेट : बाँकेका १७ सहित ४१ मा संक्रमण पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० कार्तिक – नेपालगन्जमा रहेको भेरी अस्पतालले पछिल्लो २४ घण्टाको कोरोना रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ जना बाँकेका रहेका छन् भने बाँकी अन्य २४ जना बाहिरी जिल्लाका रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय ५२ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको हो ।भेरी अस्पतालले हालसम्म ४७ हजार १ सय ८६ नमुना परीक्षण गर्दा ३ हजार ७ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जारी गरेको विवरणमा उल्लेख छ ।...
देशभर ३ हजार ५१ कोरोना संक्रमित थपिए

देशभर ३ हजार ५१ कोरोना संक्रमित थपिए

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० कार्तिक – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५१ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या १ लाख ५ हजार ९ सय ७४ पुगेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४ हजार ४ सय ८ पुगेको छ । मन्त्रालयको अनुसार संक्रमण मुक्त हुनेको संखया ७९ दशमलभ ८ प्रतिशत रहेको छ । यस्तै आज १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । फाईल फोटो नेपालमा ३६ हजार ५ सय १४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित मध्ये २९ हजार ५ सय ७४ जना होम आइसोलेसनमा रहेको र १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ...
देशभर थपिए कोरोनाका ३ हजार ३ सय ९ संक्रमित

देशभर थपिए कोरोनाका ३ हजार ३ सय ९ संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ कार्तिक – देशभर बुधबार थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । फाईल फोटो योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।देशभर बुधबार थप ३० जना मृतकमा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म १४ लाख ९४ हजार १ सय २२ जनाको पिसिआर परीक्षण भएको छ ।...
पूर्वसभामुख महराकी पत्नी सीताको कोरोनाले निधन

पूर्वसभामुख महराकी पत्नी सीताको कोरोनाले निधन

शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १९ कार्तिक – पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ । निमोनियापछि उपचार कै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आज बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको हो । उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो । सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन् ।महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् । महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दुःख दिइएको पारिवारिक स्रोत बताउँछ ।२०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घर मै गिरफ्त...
धोबी समाजको अगुवामा गयाप्रसाद धोबी चयन

धोबी समाजको अगुवामा गयाप्रसाद धोबी चयन

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १९ कार्तिक – बाँके जिल्लाको आर्या (धोबी) समाजको एक भेलाले आप्mनो समाज (बिरादर) को हकहितका लागी काम गर्ने एक जना अगुवा हुन जरुरी रहेकोले अगुवा (महतौ) चयन गरेका छन् ।बाँकेको जानकी गाउँपलिका– ३ मोतीपुरका निवासी आर्या (धोबी) गयाप्रसाद धोबी (झलारी धोबी ) लाई समाजको महतौ (अगुवा) कार्तिक १५ गते शानिवारका दिन चयन गरिएको छ । यसरी गयाप्रसाद धोबीका जेठा दाजु धोबी बिरादरका अगुवा (महतौ) मा रहनु भएका बुधई धोबीको कार्तिक ५ गते ७९ वर्षको उमेरमा उनको असमयिक निधन भएको थियो । Exif_JPEG_420 स्वर्गीय महतौ बुधई धोबीको कार्तिक १४ गतेका दिन दशवा परेकाले अवसरमा भेला भएका धोबी बिरादरले उनको भाई गयाप्रसाद धोबी (झलारी धोबी)लाई बिरादरको साफा (पगडी) लगाई महतौमा चयन गरेका छन् ।कार्तिक १५ गते शनिवारका दिन एक कार्यक्रमका बिच आर्या सेवा समाज बाँकेले बुुधई धोबी महतौले आफनो जीवनमा समाजलाई महतौको हैसियत पु¥या...
चालिस लाख नगदसहित ३ जना प्रहरी फन्दामा

चालिस लाख नगदसहित ३ जना प्रहरी फन्दामा

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक – बहुमूल्य नागमणि छ भन्दै एक करोड ८९ लाख ५० हजार ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेका थिए । बाँके प्रहरीको टोलीले यी तीन जनालाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट चालिस लाख रुपैयासहित नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म...
वडा सदस्य परियारको स्मृतिमा शोकसभा

वडा सदस्य परियारको स्मृतिमा शोकसभा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगञ्ज, १८ कार्तिक – नेपालगन्ज उप–महानगरपालिकाले वडा सदस्य शान्तिदेवी परियारको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार श्रद्धाञ्जली सभा गरेको छ ।श्रद्धाञ्जली सभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले परियारको निधनले नेपालगन्जले एकजना कर्मठ र शालिन ब्यक्ति गुमाएको बताउँदै उहाँबाट सधै सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।नगर प्रमुख प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रतिनिधीसभा सदस्य सर्वतआरा खानम, प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी लगायतले स्व. परियारको तस्बीरमा माल्र्यापण गर्नुभयो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य परियारको कोरोना संक्रमणबाट सोमबार भेरी अस्पतालमा निधन भएको हो । वडा नम्बर २ का वडाध्य...
अपरेसन गरेर बच्चा निकाल्ने तयारी गर्दैगर्दा गयो गीताको ज्यान

अपरेसन गरेर बच्चा निकाल्ने तयारी गर्दैगर्दा गयो गीताको ज्यान

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बुटवल, १४ कार्तिक – सुत्केरी बेथा लागेर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।सुत्केरी बेथा लागेर भर्ना भएकी गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ गर्भको शिशुसहित मृत्यु भएको हो । उनी सुत्केरी बेथा लागेर बिहीबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् । मृतक गीताका देवर युद्ध पुरीले अस्पतालको लापरबाहीले भाउजू र बच्चा दुवैको ज्यान गएको बताए । अस्पताल भर्ना भएपछि चेक गर्दा नर्मल डेलिभरी हुन्छ भनिए पनि पछि एकाएक आमा र बच्चाको ज्यान गएको उनले बताए ।पुरीका अनुसार चिकित्सकले दिउँसो ४ बजे चेक गर्दा बच्चा र आमा दुवैको अवस्था सामान्य रहेको बताए पनि साँझ ७ बजे पेटभित्रै बच्चाको मृत्यु भएको बताएका थिए । त्यसको २ घण्टापछि आमाको पनि मृत्यु भएको चिकित्सकले आफन्तलाई जानकारी गराएका थिए ।मृतक ...
धुमधामसाथ ‘मोहम्मद डे’ मनाउँदै

धुमधामसाथ ‘मोहम्मद डे’ मनाउँदै

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १४ कार्तिक – नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ ।प्रायः ‘मोहम्मद डे’ भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् । मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो ।बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिदा रगतले नलतपतिएको, नुहाइ दिइसके पछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का...
अपडेटः कोरोना मुक्त भई २६ महिलासहित ७४ जना घर फर्किंदै

अपडेटः कोरोना मुक्त भई २६ महिलासहित ७४ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भई २६ महिला र ४८ पुरुष गरी आज शुक्रबार ७४ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । आज घर फर्किनेहरु कार्तिक ४ गते आईसोलेसन भर्ना भएका थिए । कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज शुक्रबार संक्रमण मुक्त भएका ७४ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार ७ सय ८३ पुगेको बताउनुभयो । शुक्रबारसम्म बाँकेका २ हजार ७ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म बाँकेमा कोरोना संक्रमितहरु ३ हजार ७७ जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ९०.५४ प्रतिशत रहेको छ । मृत्यु दर ०.९७ रहेको छ भने रोग प्रकोप दर ०.५१ प्रतिशत रहेको बता...