Thursday, March 12सत्यम खबर
Shadow

नरैनापुर गाउँपालिकाले दियो सार्वजनिक विदा

नरैनापुर, १४ कार्तिक – बाँकेको नरैनापुर गाउँपालिकाले मोहम्मद डेमा सार्वजनिक विदा दिएको छ ।
आज (शुक्रबार) कार्तिक १४ गते परेको इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने मोहम्मद डेका अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तिलाई इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन् ।


गाउँपालिकाका अध्यक्ष शाहले एक शुभकामना सन्देश दिँदै भन्नुभएको छ, “विश्वलाई शान्ति र अहिंसाको बाटोमा लान मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गदछौं ।”
स्थानीय तहले आवश्यकता अनुसार स्थानीय विदा दिन सक्ने व्यवस्था अनुसार मोहम्मद डेका अवसरमा आज नरैनापुर गाउँपालिकामा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो ।
गाउँपालिकाले गत बर्ष पनि सार्वजनिक विदा गरिएको थियो । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *