
नेपालगन्ज, १० कार्तिक – आज बाँँकेका ६ र बाँके बाहिरका ५ गरि जम्मा ११ जनामा काेराेना संक्रमण पुष्टी भएकाेे छ । हालसम्म बाँके जिल्लामा कोभिड– १९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ९६ जना पुगिसके छन् । जिल्ला कोभिड–१९ संकट केन्द्र जन स्वाथ्य बाँकेका फाेकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सोमबार बाँकेका ६ जना र बाहिर जिल्लाका ५ जना गरि जम्मा ११ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयाे ।
पछिल्लो २४ घण्टामा ६४ जनाको नमुना परीक्षण गरिएको फाेकल पर्सन श्रेष्ठले बताउनुभयाे । त्यस्तै गएको २४ घण्टामा ३७ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६ सय २२ पुगेको छ ।
हाल बाँके जिल्लामा ३ सय ४४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयाे ।
बाँकेमा कोरोना बिरामी निको हुने दर ८७.५२ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.५० प्रतिशत रहेको फाेकल पर्सन श्रेष्ठले बताउनु भयाे ।