Monday, June 1सत्यम खबर
Shadow

समाज

अपडेट: बाँकेमा ५९ जना महिलासहित १ सय ५७ जना घर फर्किंदै

अपडेट: बाँकेमा ५९ जना महिलासहित १ सय ५७ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ कार्तिक - बाँके जिल्लाबाट आज आइतबार कोरोना भाइरस कोभिड– १९ संक्रमण पुष्टि भएका १ सय ५७ जना निको भइ घर फर्किंदै छन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फाेकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज आईतबार डिस्चार्ज हुनेमा ५९ जना महिला र ९८ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय १४ पुगेको छ । बाँकेमा हालसम्म २ हजार ९ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टिभएको बाँकेका फाेकल पर्सन श्रेष्ठले बताउनुभयाे । हालसम्म संक्रमित मध्ये बाँकेका ३० जनाको मृत्यु भईसकेकाे छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ४ सय ५१ जना संक्रिय संक्रमित व्यक्तिहरू आईसोलेसनमा रहेका छन् । बाँकेमा बिरामी निको हुने दर ८४.४५ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.४९ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फाेकल पर्सन...
अपडेट: बाँकेमा थप १० महिलासहित ३२ जना संक्रमित

अपडेट: बाँकेमा थप १० महिलासहित ३२ जना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक - शनिबार बाँकेका थप १० महिलासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार बाँकेका विभिन्न स्थानका १० महिला र २२ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयाे । फाेकल पर्सन श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १६ जना गरी शनिबार कुल ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउनुभयाे । यो सहित जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ९ सय ७७ पुगेको छ । हालसम्म संक्रमित मध्ये ३० जनाको ज्यान गइसकेको छ भने, २ हजार ३ सय ५७ जना निको भएर डिस्चार्ज भइसकेका छन । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ९० पुगेको फाेकल पर्सन श्रेष्ठले बताउनुभयाे ।...
आज महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा विधि

आज महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा विधि

धार्मिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – महान चाड बडादशैंको आठौं दिन आज शनिबार महाष्टमी पर्व देशभर मनाइँदैछ । आज आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउने गर्दछन् । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।आजको दिन शास्त्रसम्मत रुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमददेवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछ...
पूर्वप्रधानमन्त्री बाबुराम र हिसिलालाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री बाबुराम र हिसिलालाई कोरोना संक्रमण

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी भट्टराईले सामाजिक सञ्जालमार्फत दिएका छन् । भट्टराई दम्पत्तीको स्वाब शुक्रबार परीक्षणका लागि दिइएको थियो ।‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,’ भट्टराईले भनेका छन् ।पछिल्लो समय भट्टराई गोरखा र मधेसका जिल्लाहरूमा पार्टी प्रवेशको कार्यक्रममा व्यस्त थिए ।सयौं कार्यकर्ता सहभागी भएका ती कार्यक्रममा मास्क र भौतिक दूरीको पालना नभएको भन्दै आलोचना समेत भएको थियो ।...
अपडेटः १७ महिलासहित ४२ जना संक्रमण मुक्त भई घर फर्किंदै

अपडेटः १७ महिलासहित ४२ जना संक्रमण मुक्त भई घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – शनिबार बाँकेका थप १७ महिलासहित ४२ जना संक्रमित कोरोना मुक्त भइ घर फर्किंदै छन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार बाँकेका १७ महिला र २५ पुरुष गरी जम्मा ४२ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन् । उनीहरुलाई असोज २४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । यो सहित बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ३ सय ७५ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ५ सय ७६ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा बिरामी निको हुने दर ८०.३ प्रतिशत रहेको छ । यसैगरी, बिरामीहरुको मृत्यु दर १.०२ प्रतिशत रहेको छ भने संक्रमितहरुको रोग प्रकाप दर ०.४९ प्रतिशत रहेको जनाइएका छ ।बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९ सय ४५ रहेको छ भने ३० जनाको कोरोना...
अपटेडः शुक्रबार बाँकेका थप एक संक्रमितको मृत्य

अपटेडः शुक्रबार बाँकेका थप एक संक्रमितको मृत्य

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमणको दर दिब्र गतिले बढिरहेको छ । संक्रमणको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । बाँकेमा शुक्रबार राती १० बजे थप एक कोरोना संक्रमित व्यक्तिको उपचार कै क्रममा मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीका ५० बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचार कै क्रममा शुक्रबार राती १० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाउनुभयो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन श्रेष्ठका अनुसार नेपालगन्ज वडा नं. १, धम्बोझी बस्ने ५० बर्षिय कोरोना संक्रमित ती व्यक्तिको शुक्रवार राती १० बजे उपचार कै क्रममा भेरी अस्पतालमा मृत्यु भएको जनाउनुभयो ।मृतक व्यक्तिलाई कोभिड–१९ को शंका लागि असोज २५ गते स्वाब संकलन गरी परिक्षण गर्न दिएकोमा २६ गते आएको नतिजामा उनलाई कोरोना देखिएक...
नेपाली जनता अभिभावक बिहीन ‘टुहुरा’ बनेकोः पूर्वराजा ज्ञानेन्द्र शाह

नेपाली जनता अभिभावक बिहीन ‘टुहुरा’ बनेकोः पूर्वराजा ज्ञानेन्द्र शाह

समाचार, समाज
काठमाण्डौ, ७ कार्तिक – पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन् ।बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले यस्तो बताएका हुन् ।शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’ शाहले प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको बताएका छन् ।‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ,’ विज्ञप्तिमा छ ।शाहले विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै देशभित...
नेपालमा कोरोनाबाट निको हुनेको संख्या एक लाखमाथि

नेपालमा कोरोनाबाट निको हुनेको संख्या एक लाखमाथि

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ कार्तिक – नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाखमाथि पुगेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो । विहिबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । विहिबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ ।त्यस्तै, कोरोना संक्रमणबाट थप २१ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।...
अपडेटः कोरोना मुक्त भई १७ महिलासहित ३७ जना घर फर्किंदै

अपडेटः कोरोना मुक्त भई १७ महिलासहित ३७ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १७ महिला र २० पुरुष गरी आज शुक्रबार ३७ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज शुक्रबार संक्रमण मुक्त भएका ३७ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार ३ सय १५ पुगेको बताउनुभयो ।शुक्रबारसम्म बाँकेका २ हजार ३ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ७९.८० प्रतिशत रहेको छ । यसैगरी, मृत्यु दर बाँकेमा १.०० प्रतिशत रहेको छ भने रोग प्रकोप दर ०.४८ रहेको जानकारी गराउनुभयो ।जिल्लामा कुल संक्रमितको संख्या २ हजार ९ सय १५ पुग्दा मृत्यु हुनेको संख्या २९ रहेको छ भने ५...
संघले प्रेस स्वतन्त्रता सेनानी गुप्ताद्वयको सम्मानमा चोक निर्माणको लागि आवश्यक पहल गर्ने

संघले प्रेस स्वतन्त्रता सेनानी गुप्ताद्वयको सम्मानमा चोक निर्माणको लागि आवश्यक पहल गर्ने

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ कार्तिक – अवधी भाषी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले संस्थापक सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्ताको सम्मानमा पन्नालाल चोक निर्माणको आवश्यक पहल थालेको छ । लामो समयदेखि नेपाली पत्रकारितामा विशेष योगदान पु¥याउनु भएका गुप्तको सम्मान गर्दै थप चिनारीसहितको जिवन्तताका लागि उहाँकै निवास त्रिभुवन चोकको पुर्वलाईन रानीतलाउ मन्दिर नजिकै पन्नालाल चोकको नामाकरण गरि स्थापना गर्न संघद्वारा आवश्यक पहल गरिन लागिएको अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्राद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।अवधी पत्रकार संघ केन्द्रीय कार्यसमितिको हालै बसेको बैठकले उहाँको नाममा चोक स्थापना गर्न सम्बद्ध सरोकारवाला निकायसँग आवहानसँगै पहल गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनुभयो ।यसैगरि बैठकले संघका साधारण सदस्य तथा वरिष्...