
नेपालगन्ज, १३ कार्तिक – बाँके जिल्लामा उपचारको क्रममा राप्ती गाउँपालिका–१, दाङका ६५ वर्षिया पुरुषको मृत्यु भएको छ ।
दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं. १ का ६५ वर्षिय पुरुष उपचारको लागि नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा भर्ना भएका थिए । उनको आज विहिबार दिउँसो ३ः५० मा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

मृतक ६५ वर्षिय पुरुष विगत लामो समयदेखि मधुमेध रोगबाट पीडित रहेको पारिवारिक श्रोतले जनाएको छ । हाल मृतकको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय भईरहेको बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
यो सहित बाँके जिल्लामा बाहिर जिल्लाबाट आई भर्ना भएर उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १७ पुगेको छ ।
