
नेपालगन्ज, १३ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १३ महिला र २१ पुरुष गरी आज (बिहिबार) ३४ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
आज घर फर्किनेहरु कार्तिक ३ गते आईसोलेसन भर्ना भएका थिए । कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज बिहिबार संक्रमण मुक्त भएका ३४ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या २ हजार ७ सय १२ पुगेको जनाउनुभयो ।

बिहिबारसम्म बाँकेका २ हजार ७ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हालसम्म बाँकेमा कोरोना संक्रमितहरुको संख्या ३ हजार ४० जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ८९.२१ प्रतिशत रहेको छ । मृत्यु दर ०.९९ रहेको छ भने रोग प्रकोप दर ०.५१ प्रतिशत रहेको बताउनुभयो ।
जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४ पुग्दा मृत्यु हुनेको संख्या ३० रहेको छ भने ३ सय ९ जनाको विभिन्न आईसोलेशन सेन्टरमा उपचार भईरहेको छ ।

