Sunday, May 31सत्यम खबर
Shadow

समाज

क्यान्सर पीडित बालकको मनाईयो जन्मदिन

क्यान्सर पीडित बालकको मनाईयो जन्मदिन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ चैत्र – खजुरा गाउँपालिका वार्ड नं.–७ खजुरा स्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा दुई महिनाको उमेरदेखि क्यान्सर रोग पिडित बालकलाई बचाउन सफल भई पहिलो जन्मदिन मनाइएको छ । क्यान्सर रोग जस्तो गम्भीर रोगसँग जुधिरहेको बर्दिया जिल्लाका संगम चौधरी निर्दोष बालकको पहिलो जन्मदिन जीवनसँगको संघर्ष बीचको साहस र आशाको प्रतीक हो । मोरङ्ग जिल्लाको बिराटनगरका सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा ३ वर्ष देखि कार्यरत पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा.सुभाष मेहताका अनुसार क्यान्सर रोगबाट पीडित बर्दियाका संगम चौधरीलाई बचाउन सफल भएको बताउनु भएको छ । सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा संगम चौधरीको १२ महिना पुगेको हो त्यसले जन्म दिन मनाइएको छ । ढाई वर्ष अगाडी ४ बेडबाट शुरु भएको बाल क्यान्सर उपचार वार्ड आईसुसेटप ६ बेडको रहेको छ, जसमा २ महिनाका १ जना, २ ...
नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा गठन

नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ चैत्र – डोल्पा जिल्लाको दुनैमा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४५ औं जिल्ला शाखा शनिवार गठन गरिएको छ । ठूलिभेरी नगरपालिका वार्ड नं.–३ दुनैमा स्थानीय ब्लू सीप होटलको सभाकक्षमा डोल्पा जिल्ला अस्पतालका मे.सु. डा.सिजन रावलको अध्यक्षता र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता, जिल्ला प्रशासनका कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको बिशेष आतिथ्य४५ औं जिल्ला शाखा गठन कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको यो ४५ औं जिल्ला शाखाको नव गठित सो भेलाले स्वास्थ्यकर्मी समेत रहनुभएका सामाजिक अभियन्ता राजन कुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । उपाध्यक्ष पदमा दिलमाया के.सी.,सचिव पदमा कर्ण वि.क., कोषाध्यक्ष पदमा मिनराज बुढा-बिबश) चयन भएका छ...
जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४ महिला सहित ४९ जनाले गरे रक्तदान

जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४ महिला सहित ४९ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ चैत्र - गोपाल–नीना फाउण्डेसन, नेपाल र जनमत अर्ध साप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ शनिवार सम्पन्न जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् । गोपाल नीना फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सह–निर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा र होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । ...
झाँक्री प्रकाश भुजेलको ठगी साम्राज्य उजागर

झाँक्री प्रकाश भुजेलको ठगी साम्राज्य उजागर

अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ५ चैत्र – ‘पूजा गरेपछि क्यान्सरदेखि छारे रोगसम्म निको हुन्छ’ भन्ने चर्का दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल बनेका झाँक्री प्रकाश भुजेलको वास्तविकता अन्ततः सतहमा आएको छ । अन्धविश्वास र डरको व्यापार गर्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनको गतिविधि गम्भीर अनुसन्धानको घेरामा परेको छ । फेसबुक, टिकटक र युट्युबमार्फत भुजेलले आफूलाई ‘अलौकिक शक्तियुक्त उपचारकर्ता’का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले रोगमात्र होइन, ‘विदेश जान भिजा नलाग्ने समस्या पनि पूजा गरेर समाधान गरिन्छ’ भन्दै भ्रम फैलाएका छन्। पीडितहरूका अनुसार, भुजेलको तथाकथित ‘आश्रम’मा दैनिक सयौंको संख्यामा बिरामी, ज्येष्ठ नागरिक र समस्यामा परेका परिवार पुग्ने गरेका छन् । त्यहाँ ‘उपचार’को नाममा प्रति व्यक्ति तीन–तीन हजार रुपैयाँसम्म असुल्ने गरिएको आरोप छ । एक पीडित महिलाले भनिन्, – ‘दुई पटक पैसा तिरेँ, तर समस्या ज्यूँ...
सामाजिक दायित्व निर्वाह गर्दै ४७ जनाले गरे रक्तदान

सामाजिक दायित्व निर्वाह गर्दै ४७ जनाले गरे रक्तदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ चैत्र – नेपालगन्ज स्थित माजोङ्ग होल्डिङ्स अन्तर्गत सञ्चालित ‘माजोङ्ग नेपालगन्ज क्यासिनो’ ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कम्पनीले वि.सं. २०७९ देखि नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ, जसले समाजमा रगत अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । आज विहिबार भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।त्यसैगरी, वि.सं. २०८० देखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ भित्रका सरकारी विद्यालयहरूमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई पूरै शैक्षिक सत्रभरि पुग्ने गरी कापी तथा कलम वितरण गर्दै आएको छ । यस पहलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक सामग्री अभाव पूर्ति गर्न सहयोग पुगेको छ । कम्पनीले वि.सं. २०८१ देखि नेपालगन्ज स्थित नील सागर वृद्धाश्रममा मासिक रूपमा खाद्यान्न सह...
ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना

ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ५ चैत्र – हुलाक सेवा विभाग द्रुत डाँक सेवाले ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी यसको सेवा सुविधा बारे जानकारी गराएको छ । आज विहिबार हुलाक सेवा विभागको आयोजना तथा जिल्ला हुलाक कार्यालय बाँकेको समन्वय सहजीकरणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी थिए भने मनमाया ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रममा सहजीकरण जिल्ला हुलाक कार्यालय बाँकेका वरिष्ठ हुलाक अधिकृत ज्ञानेन्द्र प्रसाद थारुबाट स्वागत मन्तब्य व्यक्त गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको उद्देश्य बारे जानकारी गराउँदै ज्ञानेन्द्र प्रसाद थारुले भने हुलाक सेवा विभागले बाँकेमा यो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोले हामी अगामी समयमा द्रुत डाँक सेवालाई जनतामुखी बनाउने कुरामा हौंसिएका छौं । यथेष्ट प्रचारप्रसार गर्न नसकिएकोले ईएमएस सेवा बारे जनत...
८३ रनले ज्योति स्पोर्ट्सको रोमाञ्चक जित

८३ रनले ज्योति स्पोर्ट्सको रोमाञ्चक जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ चैत्र - नेपालगन्जमा जारी मेयर कप (पुरुष) क्रिकेट प्रतियोगितामा ज्योति स्पोर्ट्स एकेडेमीले वार्ड नं. १२ माथि ८३ रनको फराकिलो जित दर्ता गरेको छ। उत्कृष्ट ब्याटिङ र कडा बलिङ प्रदर्शनका कारण ज्योति स्पोर्ट्स एकेडेमीले प्रभावशाली जित हात पारेको हो। ‎पहिले ब्याटिङ गरेको ज्योति स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रनको विशाल योगफल तयार पारेको थियो। टोलीका कप्तान सिद्धान्त राज शाहीले ४७ बलमा शानदार १०० रन प्रहार गर्दै खेलको दिशा नै परिवर्तन गरे। ‎१९८ रनको लक्ष्य पछ्याएको वार्ड नं. १२ ले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। टोली २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ११५ रनमा सीमित रह्यो। विषाल वर्माले सर्वाधिक २६ रन बनाउँदा राम आर्याले २० रन र प्रमित आचार्याले १७ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा पुग्न संघर्ष गरे। ‎ज्योति स्पोर्ट्स एकेडेमीका बलरहरू ...
एकल महिलाको अध्यक्षमा विन्दा चयन

एकल महिलाको अध्यक्षमा विन्दा चयन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ चैत्र - द्धन्द पीडित तथा एकल महिला संजाल बाँकेको एघाराैं साधारणसभा र पाँचाै अधिबेशनले बाँकेको अध्यक्षमा विन्दा खरेललाइ चयन गरेको छ । यसैगरी उपाध्यक्षमा विजय रोका, सचिव पारवती पाण्डे, सहसचिव मायादेवी मगर, कोषाध्यक्ष मनसरा सुनार रहेका छन् । सदस्यहरुमा तारा रोकाय, जया आचार्य, रमा गहतराज, राधा डाँगी, धनमाया बुढामगर, किरणकुमारी बैश्य लगायतका रहेका छन् । कार्यक्रमका प्रमुख अथिति वडा नं.९ का वडा अध्यक्ष गोविन्द रेग्मीले एकल महिला संगठीत भएर अगाडि बढेकोमा आफु खुशी भएको बताउँदै आफुले सक्दो सहयोग गर्दै आएको बताए । संस्थाका संस्थापक अध्यक्ष तथा हाल केन्द्रिय अध्यक्ष शोभा विसीले अझै पनि एकल महिलाको पहुच नीति निर्माण र आर्थिकमा पुग्न नसकेको बताउदै छुटेका एकल महिलाहरुलाइ पनि वडा वडामा संजाल गठन गरी संगठीत गर्न नया कार्यसमितिलाइ निर्देशन गरीन । उनले देशभरी ७७जिल्ला मध्य २वटा जिल्ला...
यूभीसीसीको शानदार जित, रकर्स ३९ रनले पराजित

यूभीसीसीको शानदार जित, रकर्स ३९ रनले पराजित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ चैत्र — नेपालगन्जमा सञ्चालन भइरहेको मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा युनाइटेड भिजन क्रिकेट क्लब (यूभीसीसी) ले एनपीजे–११ रकर्सलाई ३९ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। ‎टस जितेर पहिले फिल्डिङ रोजेको एनपीजे–११ रकर्स विरुद्ध यूभीसीसीले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा १७३ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। टोलीका लागि सौगात कार्कीले ६० रनको उत्कृष्ट इनिङ्स खेले भने अस्मित शाहीले ५० रन जोड्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए। पदमराज भण्डारीले २१ रनको योगदान दिए। ‎बलिङतर्फ एनपीजे–११ रकर्सका सुरज दासले ३ विकेट लिए पनि अन्य बलरहरूले रन रोक्न सकेनन्। ‎१७४ रनको लक्ष्य पछ्याएको एनपीजे–११ रकर्सको सुरुवात कमजोर रहेयाे । सुरुवाती क्रममा लगातार विकेट गुमाएको टोली दबाबमा आयो। साहिल अन्सारीले ७२ रनको उत्कृष्ट संघर्ष गरे पनि टोलीलाई...
‎मेयर कप क्रिकेटमा ब्राइटल्यान्ड माध्यमिक विद्यालयको शानदार जित, सुनिल भण्डारीको विस्फोटक शतक

‎मेयर कप क्रिकेटमा ब्राइटल्यान्ड माध्यमिक विद्यालयको शानदार जित, सुनिल भण्डारीको विस्फोटक शतक

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ चैत्र - नेपालगन्जमा जारी मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा ब्राइटल्यान्ड माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै नेपालगञ्ज मोडेल एकेडेमीलाई ९८ रनले पराजित गरेको छ। एम.पी. स्कुल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राइटल्यान्डले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली जित हात पारेको हो। ‎खेलमा टस जितेको नेपालगन्ज मोडेल एकेडेमीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङमा उत्रिएको ब्राइटल्यान्ड माध्यमिक विद्यालयले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रनको ठूलो योगफल खडा गर्‍यो। टोलीको विशाल स्कोर बनाउने क्रममा सुनिल भण्डारीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। ‎ब्राइटल्यान्डका प्रमुख ब्याट्सम्यान सुनिल भण्डारी ले आक्रामक शैलीमा ब्याटिङ गर्दै ५७ बलमा ११९ रनको शानदार शतक प्रहार गरे। उनले आफ्नो इनिङ्समा १४ चौ...