Sunday, May 31सत्यम खबर
Shadow

समाज

स्वधर्म सँस्कृतिद्वारा १५० बडघर -पूजारी)लाई अयोध्या धाम दर्शन

स्वधर्म सँस्कृतिद्वारा १५० बडघर -पूजारी)लाई अयोध्या धाम दर्शन

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ चैत्र – स्वधर्म सँस्कृति संरक्षण अभियान नेपालद्वारा बा“के, बर्दियाका थारु समुदायका बडघर -पूजारी)लाई अयोध्या धाम दर्शनको लागि आईतबार नेपालगन्जबाट बिदाई गरिएको छ । उक्त धार्मिक यात्रामा बाँके बर्दियाका हरेक पालिकाबाट लगभग १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । आफ्नो स्वधर्म स्वं संस्कृति बचाउने पवित्र उद्देश्यका साथ यस अभियानद्वारा समाजको जनजाति थारु समुदायलाई लक्षित गर्दै उक्त धार्मिक यात्रा प्रारम्भ गरिएको छ । यसैवर्षबाट शुरु गरिएको पहिलो धार्मिक यात्रामा १ सय ५० जना व्यक्तिहरु । यसपछि अर्को धार्मिक यात्रामा थप लक्षित व्यक्तिहरुलाई सहभागी गराउने आयोजकले बताएका छन् ।...
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा

पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा

आर्थिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
रौतहट, १६ चैत्र - पटक–पटक मन्त्री बनेका प्रभु साह विरुद्ध लामो समयदेखि उठ्दै आएको अकुत सम्पत्ति आर्जनसम्बन्धी विषय पुनः चर्चामा आएको छ। विगतमा विभिन्न समयमा उनीमाथि गम्भीर आरोपहरू लागे पनि सत्ता र शक्तिको प्रभावका कारण प्रभावकारी छानबिन हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो। तर, यसपटक भने परिस्थितिमा परिवर्तन आउन सक्ने संकेत देखिएको छ। हाल बालेन शाह नेतृत्वमा अगाडि बढाइएको सरकारी ओहदामा रहेका तथा रहिसकेका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरण अभियानले देशभर तरंग सिर्जना गरेको छ। सोही अभियानको प्रभाव रौतहटसम्म पुगेपछि स्थानीय बासिन्दाहरूले पनि वर्षौंदेखि उठाउँदै आएको साहको सम्पत्ति छानबिनको माग अब सम्बोधन हुने आशा व्यक्त गरेका छन्। पूर्वमन्त्री साहमाथि आफू सत्ता र सरकारमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको, आफन्त तथा नातेदारका नाममा विभिन्न ट्रस्ट र प्रतिष्ठानहरू स्थापना गरी सम्पत्ति लुक...
गोपाल नीना फाउन्डेशन नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोपाल नीना फाउन्डेशन नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १४ चैत्र - गोपाल नीना फाउन्डेशन नेपालद्वारा आयोजित निःशुल्क एकदिने स्वास्थ्य शिविर आज शनिबार लक्ष्मणपुर–२ नरैनापुर गाउँपालिका बाँकेको प्राथमिक स्वास्थ्य केन्द्रमा, सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न भएको छ। यस अवसरमा गोपाल नीना फाउन्डेशन नेपालका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले भन्नुभयो कि- “हामी यो सेवा पछाडि परेका तथा पहुँच नभएका जनताका लागि सधैं निरन्तर रूपमा प्रदान गर्दै जानेछौं ।” उक्त स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञ लगायतका अनुभवी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरमा चार सय स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा लिएका थिए। कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो भने स्वास्थ्य सेवाबाट वञ्चित...
साहु समाजद्वारा बृहत् भण्डारा तथा दीप प्रज्वलन

साहु समाजद्वारा बृहत् भण्डारा तथा दीप प्रज्वलन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत्र - प्रत्येक वर्ष झैं यस वर्ष पनि साहू समाज जिल्ला कार्य समिति एवम् साहू समाज युवा समितिले चेते दशैं श्रीराम नवमी (श्रीराम जन्माेत्सव) को उपलक्ष्यमा त्रिभुवन चोक नजिक बृहत भण्डार सम्पन्न गरेकाे छ । उक्त बृहत भण्डारामा साहु समाज जिल्ला कार्य समिति पदाधिकारी सदस्यहरूकाे सहभागिता हुनुका साथै युवा समितिकाे समन्वय रहेकाे सचिव प्रदीप शाहले बताउनुभयाे । सचिव शाहले आज शुक्रवार माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काे सपथ ग्रहण भएकाे हुँदा उहाँकाे सफल कार्यकाल सफलताकाे कामनाकाे लागि साहू समाज एवं साहू समाज युवा समितिले श्री राधाकृष्ण मन्दिर एवम् धर्मशालामा ५१ ओठा दीप प्रज्वलन गरी शुभ कामना समेत व्यक्त गरेकाे बताउनु भयाे ।...
बागेश्वरी मन्दिरमा विशाल भण्डारा

बागेश्वरी मन्दिरमा विशाल भण्डारा

आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत - रामनवमीको अवसरमा नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा डुडुवा गाउँपालिकाले विशाल भण्डाराको आयोजना गरेको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुले भण्डारामा प्रसाद ग्रहण गरेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार सामाजिक तथा धार्मिक कार्य अन्र्तगत मन्दिरमा आएका भक्तजनका लागि बृहत भण्डारा गरिएको हो । भण्डारामा करिब बीस हजार श्रद्धालुहरुले प्रसाद ग्रहण गरेका थिए । भण्डारामा पालिका, पालिकाका कर्मचारी र जंगली कुम्हार लगायत विभिन्न व्यक्तीहरुले आर्थिक सहयोग गरेका थिए । भण्डारामा पालिकाका कर्मचारीले आएका भक्तजनहरुलाई प्रसाद वितरण गरेका थिए ।  ...
डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत – बाँकेका युवाहरुका लागि डिजिटल साक्षरता र नागरिक प्रविधि सम्बन्धी तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा नेपालगन्जमा शुक्रबारदेखि शुरु भएको कार्यशालामा सहभागी युवाहरुलाई डिजिटल प्रविधीको ज्ञान, सिप र त्यसको प्रयोगका बारेमा जानकारी गराइने छ । कार्यशालामा संबैधानिक कानूनी अधिकार, आधारभुत डिजिटल साक्षरता, डिजिटल विभाजन, डिजिटल सुरक्षा, नागरिक प्रविधी उपकरण, वकालतका लागि सामाजिक सञ्जाल, विषयबस्तुको पहिचान तथा उत्पादन लगायतका विषयमा जानकारी गराइने छ । कार्यशालामा अधिबक्ता विश्वजित तिवारी, रामु वली, राम प्रसाद आचार्य र राकेशकुमार मिश्रले सहजीकरण गर्नुहुनेछ । कार्यशाला पश्चात युवाहरुले सार्वजनिक सरोकारको विषय बस्तुको उत्पादन गरी सामाजिक सञ्जाल तथा वेभसाइट...
कर्णेराजा मेलामा चर्चित गायिका रेखाको दमदार प्रस्तुती

कर्णेराजा मेलामा चर्चित गायिका रेखाको दमदार प्रस्तुती

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत्र – राती सोनारी गाउँपालिका–५ चाचरफर्का स्थित कर्णेराजा मन्दिर परिसरमा æकर्णेराजा मेला तथा सांस्कृतिक महोत्सव–२०८२Æ भव्य रूपमा आयोजना भैरहेको छ । स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला तथा महोत्सव चैत ९ गतेदेखि सुरु भई १३ गतेसम्म सञ्चालन हुनेछ । मेलाको चौथो दिन चर्चित गायिका रेखा पोखरेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्नुभएको छ । गायिका रेखा पोखरेलले थारु गित ऐना हेरेर, कपाल कोरेर बोलेको गित प्रस्तुत गर्दा दर्शक उफ्रि उफ्रि नाचेका थिए । गायिका पोखरेलले तिम्रो त भाग्यमा श्री छ भनेपछि झनै दर्शकको हुटिङले मेलाको महोल तातेको थियो । भगवानले जुराइदिएको जोडी हो हामी, एक अर्काले रोजेको पाउने हो भाग्यमानी बोलको गितले झनै दर्शक नाच्न सफल भएका थिए । यस्तै देखाउनलाई होइना नि माया, सिम्ता बजार, भाग्यले जहाँस...
विश्व क्षयरोग दिवसको अवसरमा हाईजिन किट वितरण

विश्व क्षयरोग दिवसको अवसरमा हाईजिन किट वितरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० चैत्र – विश्व क्षयरोग दिवसको अवसरमा आज मंगलबार नेपालगन्जमा एक विशेष स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग (TB) विरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा बिरामीहरूलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यसैबीच, गोपाल नीना फाउन्डेशन नेपालका तर्फबाट पब्लिक म्यानेजर दिलीप गिरी तथा पब्लिक रिलेसन अफिसर विजेन्द्र जीसीको सहभागिता रहेको थियो । संस्थाले क्षयरोग अस्पताल, नेपालगन्जका बिरामीहरूलाई स्वच्छता सामग्री -हाइजिन किट) वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ । गोपाल नीना फाउन्डेशन नेपालले सामाजिक स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । कार्यक्रममा क्षयरोग अस्पताल समितिका अध्यक्षका रूपमा लक्ष्मण रेग्मी तथा आयोजक प्रमुखका रूपमा कमल ढकालको सक्रिय भूमिका रहेको थियो । त्यसैगरी, क्षयरोग अस्पतालबाट वरिष्ठ मेडिकल अधिकृत डा. सत्यकुमार शाहिद...
शिक्षा : ज्ञानको भण्डार

शिक्षा : ज्ञानको भण्डार

आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
श्याम कुमार साहू मितिः २०८२ चैत्र १० गते, मंगलबार शिक्षा भनेको निर्देशन, तालिम, वा अध्ययन मार्फत ज्ञान, सीप, मूल्यमान्यता र बानीहरू प्राप्त गर्ने प्रक्रिया हो । यो एक मौलिक अधिकार र दिगो विकासको प्रमुख चालक हो, व्यक्तिगत आम्दानी बढाएर आर्थिक वृद्धिलाई बढावा दिन्छ । यसले महिलाहरूलाई सूचित स्वास्थ्य निर्णयहरू लिन, गरिबी घटाउन, लैङ्गिक समानतालाई प्रवद्र्धन गर्न र नेतृत्वलाई बढावा दिन सशक्त बनाउँछ, साथै मातृ तथा बाल स्वास्थ्य परिणामहरूमा सुधार ल्याउँछ । नेपालको शिक्षा प्रणाली एक महत्वपूर्ण चौबाटोमा छ, जसमा विगत दुई दशकमा पहुँच र साक्षरतामा उल्लेखनीय सुधारहरू भएका छन्, साथै गुणस्तर, समानता र सान्दर्भिकता सम्बन्धी गहिरो मुद्दाहरू पनि छन् । सरकारले निःशुल्क र अनिवार्य आधारभूत शिक्षा -कक्षा १–८) र निःशुल्क माध्यमिक शिक्षा -कक्षा ९–१२) अनिवार्य गरेको भए तापनि, वास्तविक कार्यान्वयनले विशेष ग...
ब्रिनोजद्वारा बैजनाथ गाउँपालिकामा ८ सय १६ जनाको निःशुल्क कान जाँच

ब्रिनोजद्वारा बैजनाथ गाउँपालिकामा ८ सय १६ जनाको निःशुल्क कान जाँच

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ चैत्र – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ६ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ । उक्त ६ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा बैजनाथ गाउ“पालिकाको समन्वयमा आज सोमबार सम्पन्न गरिएको छ । आज सोमबार सम्पन्न विभिन्न ६ वटा शिविरमा महिला ४२७ जना, पुरुष ३८९ जना गरी जम्मा ८१६ जनाको कान स्वास्थय चेकजाँच गरिएको थियो । जसमध्ये कान पाक्ने रोग १२७ जनामा, काने गुजी १०२ जनामा देखिएको थियो भने कानको अप्रेशन छनौटमा ३५ जना रहेको जनाएका छन् । वरिष्ठ कान जाँच सहायक भिषणकुमार थारुले दिएको जानकारी अनुसार बैजनाथ गाउ“पालिकाको विभिन्न ६ वटा स्थानहरुमा चैत्र २ गते सोमबारदेखि शुरु भई आज सोमबार चैत्र ९ गतेसम्म कान उपचारका बिरामीहरुको निःशुल्क कान जाँच गरिएको बताए । उनका अनुसार ...