Sunday, May 31सत्यम खबर
Shadow

समाज

ब्रिनोजद्वारा बैजनाथ गाउँपालिकामा निःशुल्क कान जाँच शिविर शुरु

ब्रिनोजद्वारा बैजनाथ गाउँपालिकामा निःशुल्क कान जाँच शिविर शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ चैत्र – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा–५, नेपालगन्ज बाँकेको आयोजनामा विभिन्न स्थानमा ६ वटा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न हुने भएको छ । उक्त ६ वटा निःशुल्क शिविर ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा बैजनाथ गाउ“पालिकाको समन्वयमा कान स्वास्थ्य सम्बन्धित समस्या भएका बिरामीहरुलाई निःशुल्क प्राथमिक कान शिविरमा सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएकोमा आज सोमबार पहिलो सम्पन्न निःशुल्क कान उपचार शिविरमा ८८ जना बिरामीको परिक्षण गरिएको छ । आज सोमबार सम्पन्न शिविरमा महिला ५९ जना, पुक्ष २९ जना गरी जम्मा ८८ जनाको कान स्वास्थय चेकजाँच गरिएको थियो । जसमध्ये कान पाक्ने रोग १७ जनामा, काने गुजी १६ जनामा देखिएको थियो भने कानको अप्रेशन ४ जनाको गर्नुपर्ने जनाएका छन । वरिष्ठ कान जाँच सहायक भिषण कुमार थारुले दिएको जानकारी अनुसार बैजनाथ गाउ“...
महिला पुरुष गरी ४५ जनाले गरे रक्तदान

महिला पुरुष गरी ४५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ चैत्र – बर्दिया जिलाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर र यूनिक नेपाल नयाँ गाउँको संयुक्त आयोजनामा राजपुर नगरपालिका बर्दियाको संरक्षकत्व÷सहकार्यमा र उद्योगा बाणिज्य संघ राजापुर बर्दियाको सहयोगमा “स्वस्थ रगत सबैका लागि” मूल नाराका साथ रक्तदान तथा रक्तदाता सम्मान रक्तदान कार्यक्रमको आयोजनामा गरिएको थियो । आयोजित रक्तदान कार्यक्रममा जनपद प्रहरी, सशस्त्र प्रहरी, ब्यवसायी र स्वंयंसेवी रक्तदाता महिला पुरुष गरी ४५ जनाले रक्तदान गरेका थिए । यूनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा, राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुको प्रमुख आतिथ्य , बिशिष्ट राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, नेपाल रेडक्रस सोसाइटी बर्दियाका मन्त्री अजुर्न सुवेदी, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल अतिथि बाँके जिल्लाका शतक रक्तद...
बर्दियामा शतक रक्तदाता सहति १८ जना स्वयंसेवी रक्तदाताहरु सम्मानित

बर्दियामा शतक रक्तदाता सहति १८ जना स्वयंसेवी रक्तदाताहरु सम्मानित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ चैत्र – नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर र यूनिक नेपाल नयाँ गाउँको संयुक्त आयोजनामा राजपुर नगरपालिका बर्दियाको संरक्षकत्व÷सहकार्यमा र उद्योगा बाणिज्य संघ राजापुर बर्दियाको सहयोगमा शतक रक्तदाता सहित १८ जना स्वयंसेवी रक्तदाताहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । बर्दिया जिल्लामा २५ पटक भन्दा बढी रक्तदान गर्नु हुने स्वयंसेवी रक्तदाताहरु १७ जना र बाँके जिल्लाका शतक रक्तदाता स्वयंसेवी रक्तदाता पवन जायसवाललाई कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले मायाको चिनो र सम्मान–पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । बर्दिया जिल्लाका सम्मानित ब्यक्तित्वहरुमा रबिन बैश्य २५ पटक, प्रेम ढुंगाना २५ पटक, शंकर थारु २५ पटक, सतिश पाण्डे २५ पटक, महेमूद अली मनिहार २५ पटक, चल्टुराम थारु २६ पटक, जीवन कुमार चौधरी २८ पटक, रामबाबु सुवेदी २८ पटक, खगेन्द्र बहा...
मेयर कप : नेपालगन्ज च्याम्प्स ८५ रनले विजयी

मेयर कप : नेपालगन्ज च्याम्प्स ८५ रनले विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ चैत्र - नेपालगन्जमा सञ्चालन भइरहेको नेपालगन्ज मेयर कप (पुरुष) क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा नेपालगन्ज च्याम्प्स ले जय बागेश्वरी स्पोर्ट्स क्लबलाई ८५ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालगन्ज च्याम्प्सले निर्धारित ओभरमा १४९ रन बनायो। टोलीका लागि समशुदिन अन्सारीले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ८१ रन बनाए। त्यस्तै नास्ता अन्सारले २२ बलमा ३१ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। अन्य खेलाडी मध्ये आकाश बिष्टाले १७ रन बनाए भने जानु कसगार १२ रनमा अविजित रहे। टोलीले अतिरिक्त तर्फ २६ रन प्राप्त गरेको थियो। १५० रनको लक्ष्य पछ्याएको जय बागेश्वरी स्पोर्ट्स क्लब भने दबाबमा पर्दै ९४ रन मै अलआउट भयो। टोलीका लागि मुकेश राधा ले सर्वाधिक ३३ बलमा ४६ रन बनाए भने सुजन डीसी ले १२ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्। नेपालगन्ज च्याम्प...
आपतकालीन रक्तदान कार्यक्रम सम्पन्न

आपतकालीन रक्तदान कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ चैत्र – बाँकेको सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल खजुरामा क्यान्सर रोगको बिरामीलाई रगतको अति आवश्यक परेकोेले आपतकालीन रक्तदान कार्यक्रम शनिबार सम्पन्न गरिएको छ । खजुरा गाउँपालिका वार्ड नं.–६ स्थित रहेको एक्टीभ युवा क्लबको आयोजनामा जन कल्याण माध्यमिक बिद्यालय शान्तिनगर बाँकेको प्राङ्गणमा आयोजित खजुरा रक्त सञ्चार ईकाई केन्द्रको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित २२ जनाले रक्तदान गर्नु गरेका थिए । एक्टीभ युवा क्लबका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक खेम सरन खत्रीले सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल खजुरामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी अनुसार ...
साहू समाजकाे होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न

साहू समाजकाे होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० फागुन - फागु पुर्णिमा अर्थात सद्भावकाे हाेली फागुन १९ गते थियाे तर चन्द्र ग्रहणले गर्दा २० गते नेपालगन्जमा भब्य रूपले मनाईएकाे थियाे । हाेलीपछि हाेली मिलनकाे कार्यक्रम यसपटक थाेरै संघसंस्थाले मनाउने माैका पाए साेही मध्ये एक हाे साहु समाज । साहु समाज केन्द्रीय कार्यसमितिले आज आफ्नै साहु समाजद्वारा बनाईएकाे धर्मशालामा भब्य रूपले हाेली मिलन समाराेह मनाएकाे छ । साहू समाज समिती परिवार, साहू समाज युवा समिती परिवार तथा मिथिला सेवा समितीको संयुक्त आयोजनामा आज होली मिलन कार्यक्रम धूमधामका साथ सम्पन्न भएको सचिव प्रदीप शाहले बताउनु भयाे । कार्यक्रममा मिथिला सेवा समितीका अध्यक्ष रामलोचन साह, वैश्य समाजका भूतपूर्व अध्यक्ष नन्दलाल वैश्य, सोनी समाज समितीका उपाध्यक्ष राम प्यारे वर्मालगायत विभिन्न समाजका अगुवा तथा मित्रहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रङ, उमंग ...
नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकको नयाँ शाखा उद्घाटन

नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकको नयाँ शाखा उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० फागुन - श्रवण तथा बोलाइ सम्बन्धी समस्याको विशेषज्ञ सेवा प्रदान गर्दै आएको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक प्रा.लि. ले नेपालगन्जमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धम्बोजी चोकस्थित बेस्ट फाइनान्स भवनको दोस्रो तल्ला मा स्थापना गरिएको शाखाको नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नु भयो । काठमाडौंमा मुख्य कार्यालय रहेको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक विगत १५ वर्षदेखि श्रवण तथा स्पीच स्वास्थ्य सेवामा सक्रिय रहँदै आएको छ । करिब ४० लाखको लगानीमा स्थापना गरिएको क्लिनिक सुरू भएसंगै नेपालगन्ज लगायत पश्चिम नेपालका कान सम्बन्धि समस्या भएका बिरामीहरूले सहजै गुणस्तरीय सेवा पाउने छन । सेवा शुभारम्भ भएको अबसरमा टिचिङ अस्पताल काठमाडौका बरिस्ठ नाक कान घाँटी रोग बिशेषज्ञ डा योगेश न्यौपाने, अडियोलोजिष्ट शैलेन्द्र शाहले बिरामीहरूको निशुल्क चेकजाँच गर्नु भएको ...
“न्यू महिन्द्रा EV अटो” औपचारिक रूपमा सार्वजनिक

“न्यू महिन्द्रा EV अटो” औपचारिक रूपमा सार्वजनिक

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ फागुन – नेपालगन्ज-२० स्थित भेरी–कर्णाली पेट्रोल पम्प नजिक रहेको "बी.जी. अटो पार्ट्स प्रा.लि."ले महिन्द्राको नयाँ विद्युतीय अटो सार्वजनिक गरेको छ। शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा Mahindra & Mahindra कम्पनीको “न्यू महिन्द्रा EV अटो” औपचारिक रूपमा सार्वजनिक गरिएको हो। कार्यक्रममा स्थानीय व्यवसायी, यातायात क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्युतीय सवारी साधनको प्रयोग, यसको फाइदा तथा भविष्यमा बढ्दो प्रयोगको सम्भावनाबारे पनि जानकारी गराइएको आयोजकले जनाएको छ। सार्वजनिक गरिएको Mahindra Treo विद्युतीय अटो वातावरणमैत्री, शक्तिशाली र खर्चका हिसाबले किफायती सवारी साधनका रूपमा चिनिन्छ। पेट्रोलियम पदार्थको खपत घटाउने तथा वातावरणीय प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रभावकारी हुने विश्वास लिइएक...
‎समिर राना मगर चम्किँदा वार्ड नं. १२ ले स्टिफनलाई १४६ रनले हरायो

‎समिर राना मगर चम्किँदा वार्ड नं. १२ ले स्टिफनलाई १४६ रनले हरायो

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ फागुन - नेपालगन्जमा जारी मेयर कप (पुरुष) क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा वार्ड नं. १२ ले उत्कृष्ट प्रदर्शन गर्दै स्टिफन टिमलाई १४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। ‎पहिला ब्याटिङ गरेको वार्ड नं. १२ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२७ रन बनाएको थियो। टोलीका लागि समिर राना मगर ले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ७२ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। यस्तै प्रमित आचार्य ले ४२ बलमा ६७ रन को महत्वपूर्ण इनिङ्स खेले। साथै बिशाल वर्मा ले २६ रन तथा उत्तम रोका ले १७ रन थपे। ‎२२८ रनको विशाल लक्ष्य पछ्याएको स्टिफन टोली भने १२ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमै समेटियो। स्टिफनका लागि अनुराग वैश्य ले सर्वाधिक १५ रन बनाए भने क्षितिज बुद्धा मगर ले १३ रन जोडे। ‎वार्ड नं. १२ का बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। अब्देश कवुजिया, राम आर्य र सौगत खत्री ले समान २–२ विक...
नेपालगन्ज क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

नेपालगन्ज क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ फागुन - भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचार सम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ। ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार साँझ नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा. शाश्वत वर्माले ‘पेट–सिटी: ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक इमेजिङ प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान र सही चरण निर्धारणमा म...