Thursday, July 30सत्यम खबर
Shadow

समाज

‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

‘शनिबार रातीसम्म निषेधाज्ञा जारी रहने’ प्रजिअ कुरूम्वाङ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २० श्रावण– बाँकेमा गत शनिबार रातीदेखि जारी गरिएको निषेधाज्ञा थप ४ दिन बढाईएको छ । मंगलबार बसेको जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले तीन दिने निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेको हो । समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको बैठकमा आईतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो ।...
ज्वाला सिंह समूहका राढ पक्राउ

ज्वाला सिंह समूहका राढ पक्राउ

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २० श्रावण–सशस्त्र भुमिगत समुह तराई जनतान्त्रीक मुक्ती मोर्चा (ज्वाला सिंह) मा आवद्ध रहँदा राढ हत्या, अपहरण, फिरौती माग तथा बम बिस्फोट गर्ने जस्ता विभिन्न अपराधमा संलग्न हुँदै आएका । मालपोत र भुमीसुधार कार्यालय बाँकेमा बम बिस्फोट गराएको अभियोगमा अदालतबाट जेल सजाय सुनाईएको ब्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०६८ सालको मंसिर १४ गते डुडुवा गाँउपालिका ६ का केशव राढले भुमीसुधार र मालपोत कार्यालय तथा ०६८ चैत्र ६ गते गनापुरको अधिकारी फ्याक्ट्रीमा बम बिस्फोट गराएका थिए । भुमीसुधार कार्यालय बाँकेमा बम बिस्फोट गराएको मुद्दामा जिल्ला अदालत बाँकेले राढलाई ६ महिना जेल तथा ५ हजार जरिवानाको फैसला गरेको थियो । त्यसैगरी मालपोत कार्यालयमा बम बिस्फोट गराएको घटनामा समेत जिल्ला अदालत बाँकेले सोही प्रकृतीको सजाय सुनाएको थियो । गनापुरको अधिकारी फ्याक्ट्रीमा बम हानेको मुद्द...
अण्डा कति खाने ? कसरी खाने ?

अण्डा कति खाने ? कसरी खाने ?

शिक्षा/स्वास्थ्य, समाज
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ । उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन । तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो ।’ यहीकारण डाइटिसियनहरु सन्तुलित भोजनमा ध्यान दिन्छन् । चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन् । खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले म...
अधिकृतसहित थप ६ जनामा संक्रमण, फेसबुकमार्फत वडाध्यक्ष रिजालको सन्देश

अधिकृतसहित थप ६ जनामा संक्रमण, फेसबुकमार्फत वडाध्यक्ष रिजालको सन्देश

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ श्रावण– नेपालगन्ज उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नौ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख, वडा सचिव, आईटी ईन्जिनियर, कम्प्युटर अपरेटर, कर्मचारी, जग्गा व्यवसायी र पसले छन । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार तीन जनामा स्वास्थ्य समस्या देखिएको छ । उनीहरू सबैलाई आईशोलेसनमा राखिएको छ । त्यसैगरी, कोरोना संक्रमणपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन् । सोमवार बिहान कोरोना संक्रमण पुष्टि भएपछि रिजाललाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचारका लागि राखिएको छ । नेपालगन्ज उपमहानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले फेसबुकमा सन्देश दिँदै लेखेका...
निषेधाज्ञामा सुनसान देखियो नेपालगन्ज बजार, आज केही एरिया ‘सील’ गर्ने तयारी

निषेधाज्ञामा सुनसान देखियो नेपालगन्ज बजार, आज केही एरिया ‘सील’ गर्ने तयारी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १८ श्रावण– विगत केही दिन यता समुदायस्तर मै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुलेसँगै बाँकेमा कोरोना संक्रमण समुदायस्तर मै फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले शनिवार राती १२ बजेदेखि लागु हुने गरी तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनको निषेधाज्ञापछि आईतवार बिहानैदेखि बाँकेको नेपालगन्ज बजार सुनसान जस्तै देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार, जिल्लामा भाइरसको जोखिम बढेकाले निषेधाज्ञा लगाउनु परेको हो । उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह समेत गर्नुभएको छ । स्थानीय प्रशासनले तीन दिने निषेधाज्ञामा रक्षाबन्धनलाई मध्यनजर गर्दै निजी सवारी साधन चल्न दिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो । त्यसै आज आईतबार बिहान ११ बजे बस्ने जिल...
क्वारेन्टाईनमा महिलासँग अभद्र व्यवहार गर्ने कर्मचारी माथि तत्काल कार्यवाहीको माग

क्वारेन्टाईनमा महिलासँग अभद्र व्यवहार गर्ने कर्मचारी माथि तत्काल कार्यवाहीको माग

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ श्रावण– बिश्वमा फैलिएको कोभिड–१९ को महामारीले हामी सबैलाई दुखित तुल्याएको कुरा सर्बबिदितै छ । त्यसै सन्दर्भमा यस बाँके जिल्लामा दिन प्रतिदिन कोभिड–१९ का बिरामी बढदै गईरहेको ले हामी नेपालीलाई झन चिन्तीत बनाएको छ । महिला माथिका हिंसा तथा घटनाहरु पनि बढी भएको देखिन्छ । बाँके जिल्लामा हालै थप २७ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तो महामारीमा सामाजिक दुरी र नेपाल सरकारको नियम अनुसार माक्स नलगाउने प्राय सबै ठाउँमा भिडभाड र सामुहिक भेला जस्तो अवस्था जताततै हेर्न सकिन्छ । पासको नाममा झन भारतबाट प्रवेश संख्या बढदो छ भनी महिला अधिकार मञ्च बाँकेले प्रेस विज्ञप्ती मार्फत विरोध जनाएको छ । विज्ञप्तीमा एकातिर हामी नेपालीहरु कोभिड–१९ चपेटबाट गुज्रिरहेको अवस्था छ भने अर्काे तिर बाँके प्रशासनद्धारा थप पिडा दिने कार्य भईरहेको छ । १४ दिने क्वारेटिनको नाममा महिला तथा बालबालिकाहरु माथि अमानवीय ...
रसायनिक मलको व्यवस्थापन गर्न जसपाको ज्ञापन पत्र

रसायनिक मलको व्यवस्थापन गर्न जसपाको ज्ञापन पत्र

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ श्रावण– जिल्लामा आम सर्वसाधारणको समेत कोरोना संक्रमण जाँच गर्नुपर्ने राष्ट्रिय समाजवादी पार्टी (जसपा) ले माग गरेको छ । पिसिआर प्रबिधिबाट हुने कोरोना जाँचमा पहुँचवालाको मात्र सहभागिता देखिएकाले आम सर्वसाधारणको समेत सहभागिता गराई परीक्षण गर्नुपर्ने पार्टीको माग छ । बिगतमा यहाँका जिम्मेवार व्यक्तिहरुको गल्तीका कारण कोरोना संक्रमण समुदायसम्म फैलिएकाले पहुँच नभएका व्यक्तिहरुको समेत पिसिआर प्रबिधिबाट कोरोना संक्रमणको जाँच हुनुपर्ने भन्दै शुक्रबार पार्टीले ज्ञापन पत्र बुझाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई ज्ञापनपत्र बुझाउँदै जाँचका लागि आवश्यक पहल गर्न गराउन अनुरोध गरेको जसपाका नेता रामकुमार दिक्षितले जानकारी दिनुभयो । माग पत्रमा मुस्लिम समुदायको शनिबार परेको बकरीद पर्वमा सामुदायिक दुरी कायम गर्दै नमाज पढ्ने र हिन्दु समुदायको रक्षाबन्धन पर्वमा दुबैतर्फको स...
प्रमुख राणा र वडा सदस्य अधिकारीको शहमा घर नतोडेको आरोप,   ‘समाजमा आफ्नो स्वार्थ मात्र देख्ने व्यक्तिलाई सामाजिक बाहिष्कार गर्नुपर्दछ’ वडाबासी

प्रमुख राणा र वडा सदस्य अधिकारीको शहमा घर नतोडेको आरोप, ‘समाजमा आफ्नो स्वार्थ मात्र देख्ने व्यक्तिलाई सामाजिक बाहिष्कार गर्नुपर्दछ’ वडाबासी

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ श्रावण – आर्थिक ०७५/०७६ बाट नेपालगन्ज उपमहानगरपालिका तथा एडिबि बिच नेपालगन्जको सडक निर्माण गर्ने सहमति भए अनुसार निर्माण कार्य शुरु गरी विवादित स्थानमा निर्माण कार्य रोकी अन्य सबै स्थानमा निर्माण कार्य सम्पन्न गरिएको थियो । तर अब आर्थिक वर्ष ०७७/०७८ मा पुनः विवादित स्थानमा विवादको समाधान नगरी निर्माण कार्य गर्दा पुनः विवाद उत्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को फुल्टेक्रा चोकमा रहेको विवादले चरम रुप लिएको छ । दुई दिन अगाडी एडिबिले पुनः नाली र बाटो निर्माणको लागि बाटो खन्ने अवस्थामा उक्त विवाद उत्पन्न भएको छ । स्थानीयबासीहरुको भनाई अनुसार विगतमा बाटो बनाउने बेलामा हजारौं घर तोडफोड भईसकेको तथा फुल्टेक्रा चौराहमा रहेको नारायण बर्मा, सन्तोष सोनी र विपिन रेग्मीको घर नतोडी मापदण्ड विपरित कार्य कार्य गरेको हुँदा हामीले विरोध गरेको बताउँछन् । नेपालगन्ज उपमहानगरपालिका ...
युुनेस्को क्लबद्धारा एकल महिलालाई किराना र नास्ता पसलका लागि दुई लाख सहयोग

युुनेस्को क्लबद्धारा एकल महिलालाई किराना र नास्ता पसलका लागि दुई लाख सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ साउन । बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाकी एक जना एकल महिलालाई आयआर्जनका लागि किराना तथा नास्ता पसल सञ्चालन गर्न दुई लाख रुपियाँ सहयोग गरेको छ । कतार च्यारेटीको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयआर्जनका लागि व्यवसायीक परियोजना अन्तर्गत खजुरा गाउँपालिका ३ आदर्श टोलकी एकल महिला जुना खनाललाई दुई लाख रुपियाँको सहयोग गरेर किराना तथा नास्ता पसल खुलाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो । उहाँले एकल महिलाको आयआर्जनसंगै आर्थिक उन्नतीका लागि सो पसल सञ्चालन गराईएको बताउनु भयो । सो पसलको उदघाटन विहिबार खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम र क्लबका संरक्षक सिद्दिकी तथा अध्यक्ष राजेन्द्रचौधरीले संयुक्त रुपमा गर्नुभयो । सो अवसरमा बोल्दै वडा अध्यक्ष गौतमले आर्थिक रुपमा अतिनै समस्यामा परेकी खनाललाई क्लबले वडाको गरेको सहयोग निकै सराहनीय...
आईतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

आईतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ श्रावण – कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिने भएको छ । बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी मंगलबार (तिन दिन) सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको कुरुम्वाङले बताए । विहिबार राजश्व कार्यालय नेपालगन्जका ११ सहित नेपालगन्जका २७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको दर बढ्न थालेपछि बाँके प्रशासनले कडा कदम चाल्न बाध्य भएको कुरुम्वाङले बताए ।...