डब्लुडब्लुजेको १८औं वार्षिकोत्सवमा ३ जनालाई सम्मान, हाम्रो आवाज स्मारिका विमोचन र १० बुँदे घोषणा पत्र जारी
नेपालगन्ज, ३० कार्तिक – क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।
डब्लुडब्लुुजे बाँकेले वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा स्मारिका विमोचन, पत्रकार महिलाको बाँके भेला र सम्मान कार्यक्रम गरेको हो ।
वार्षिकोत्सव समारोहको संस्थाका केन्द्रीय अध्यक्ष रामकला खड्काले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष खड्काले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका लागि क्रियाशील पत्रकार महिला संगठित भएको बताउँदै संस्थाले महिला पत्रकारका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।
डब्लुडब्लुजे बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले पत्रकार महिलाहरुको भबिष्य पत्रकारिता क्षेत्रमा राम्रो रहको बताउदै निरन्तरताका लागि सबैको समन्वयात्मक भुमिका आवश्यक रहेको बताउनुभयो । यस्तै स...









